शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनसरीमा हत्या अभियोगमा एकजना पक्राउ

बिहीबार, ०५ माघ २०७९, १७ : ५२
बिहीबार, ०५ माघ २०७९

सुनसरी । धरान उपमहानगरपालिका–५ आपटारका ३५ वर्षीय विकास भन्ने हर्कबहादुर राई हत्या अभियोगमा पक्राउ परेका छन् ।  आपटारकै ४९ वर्षीय कुमार बुढाथोकीलाई हत्या गरेको अभियोगमा उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

राईको खुकुरी प्रहारबाट कुमारको घटनास्थलमै मृत्यु भएको हो । आरोपी राईले खुकुरी प्रहार गर्दा  ३५ वर्षीया मन्जु भन्ने गोमा खड्का राईसमेत घाइते भएकी छन् । उनलाई उपचारको लागि विजयपुर अस्पताल हुँदै घोपा अस्पताल धरान पठाइएको छ । आरोपी राईलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप