प्रधान सेनापति खुला म्याराथन माघको अन्तिम साता

काठमाडौं । नेपाली सेनाले महाशिवरात्रि र आफ्नो सेना दिवसको अवसरमा आठौं संस्करणको प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता माघको अन्तिम साता गर्ने जनाएको छ ।
नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले बिहीबार पत्रकार सम्मेलन गरेर म्याराथन प्रतियोगिता माघ २८ गते गर्ने जानकारी दिएको हो । प्रतियोगितामा खुला पुरुषतर्फ मात्र म्याराथन आयोजना हुनेछ । हाफ म्याराथनमा महिला र पुरुष दुवै विधा समावेश गरिएको छ ।
यस्तै प्रतियोगितामा १० किलोमिटर र ५ किलोमिटर दौड पनि समावेश गरिएको छ । म्याराथनको विजेताले तीन लाख पुरस्कार पाउनेछ । यस्तै दोस्रो हुनेले दुई लाख, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ५० हजार गर्दै दशौं स्थानसम्म हासिल गर्ने सबैले नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा सहभागिता हुन निःशुल्क तर्दा फाराम भर्न पाउनेछन् ।
यसै कार्यक्रमकाबीच आर्मीको महिला तथा पुरुष भलिबल टोलीलाई एभरेष्ट बैंकले खेलकुद पोसाक प्रायोजनका लागि सम्झौता गरेको छ । आर्मीको तर्फबाट केन्द्रपति महासेनानी मुना बस्नेत र एभरेष्ट बैकका नायब महाप्रबन्धक सन्तोषकुमार भट्टराईबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पश्चात् बैंकले भलिबल टोलीलाई १० लाख बराबरको सहयोग गर्ने भएको हो । उक्त रकम आर्मीको भलिबल टोलीको विकासका लागि प्रयोग गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन