प्रधान सेनापति खुला म्याराथन माघको अन्तिम साता
काठमाडौं । नेपाली सेनाले महाशिवरात्रि र आफ्नो सेना दिवसको अवसरमा आठौं संस्करणको प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता माघको अन्तिम साता गर्ने जनाएको छ ।
नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले बिहीबार पत्रकार सम्मेलन गरेर म्याराथन प्रतियोगिता माघ २८ गते गर्ने जानकारी दिएको हो । प्रतियोगितामा खुला पुरुषतर्फ मात्र म्याराथन आयोजना हुनेछ । हाफ म्याराथनमा महिला र पुरुष दुवै विधा समावेश गरिएको छ ।
यस्तै प्रतियोगितामा १० किलोमिटर र ५ किलोमिटर दौड पनि समावेश गरिएको छ । म्याराथनको विजेताले तीन लाख पुरस्कार पाउनेछ । यस्तै दोस्रो हुनेले दुई लाख, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ५० हजार गर्दै दशौं स्थानसम्म हासिल गर्ने सबैले नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा सहभागिता हुन निःशुल्क तर्दा फाराम भर्न पाउनेछन् ।
यसै कार्यक्रमकाबीच आर्मीको महिला तथा पुरुष भलिबल टोलीलाई एभरेष्ट बैंकले खेलकुद पोसाक प्रायोजनका लागि सम्झौता गरेको छ । आर्मीको तर्फबाट केन्द्रपति महासेनानी मुना बस्नेत र एभरेष्ट बैकका नायब महाप्रबन्धक सन्तोषकुमार भट्टराईबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पश्चात् बैंकले भलिबल टोलीलाई १० लाख बराबरको सहयोग गर्ने भएको हो । उक्त रकम आर्मीको भलिबल टोलीको विकासका लागि प्रयोग गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
-
मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ
-
दोस्रो संस्करणको इन्डियन एम्बासेडर्स क्रिकेट सफलतापूर्वक सम्पन्न
-
कसरी उठ्यो अफ्रिका ? किन चुक्यो एसिया ?
-
३८ जना नेता–कार्यकर्ताले छाडे नेकपा (माओवादी)
-
अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण