शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समाजिक सञ्जालमार्फत हैरानी दिएर ठगेको आरोपमा २ जना पक्राउ

बिहीबार, ०५ माघ २०७९, २२ : ०६
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । सामाजिक सञ्जालमार्फत चलचित्र क्षेत्रमा काम गर्नेहरुसँग चिनजान गरेर आफुलाई ‘मोडल’ को रुपमा चिनाएर ठगी गरेको आरोपमा दुई जनालाई साइबर ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१० घर भएर काठमाडौं बस्ने १७ वर्षीय किशोर र रसुवा घर भएर काठमाडौं बस्दै आएका १९ वर्षीय विवेक आचार्य छन् ।

भिडियो कलमा आफैं नांगो रुपमा आएर त्यसको रेकर्ड बनाएर आफन्तलाई पठाउने डर देखाएर उनीहरुले ब्ल्याकमेल गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । विभिन्न बहानामा उनीहरुले पीडितहरुको सामाजिक सञ्जालको पासवर्ड र ओटिपी लिएर डर त्रासमा पारेर पैसा माग्ने गरेका थिए ।

सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गरेको कसुरमा आरोपीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्यूरोका एसपी पशुपतिकुमाार रायले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप