समाजिक सञ्जालमार्फत हैरानी दिएर ठगेको आरोपमा २ जना पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालमार्फत चलचित्र क्षेत्रमा काम गर्नेहरुसँग चिनजान गरेर आफुलाई ‘मोडल’ को रुपमा चिनाएर ठगी गरेको आरोपमा दुई जनालाई साइबर ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१० घर भएर काठमाडौं बस्ने १७ वर्षीय किशोर र रसुवा घर भएर काठमाडौं बस्दै आएका १९ वर्षीय विवेक आचार्य छन् ।
भिडियो कलमा आफैं नांगो रुपमा आएर त्यसको रेकर्ड बनाएर आफन्तलाई पठाउने डर देखाएर उनीहरुले ब्ल्याकमेल गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । विभिन्न बहानामा उनीहरुले पीडितहरुको सामाजिक सञ्जालको पासवर्ड र ओटिपी लिएर डर त्रासमा पारेर पैसा माग्ने गरेका थिए ।
सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गरेको कसुरमा आरोपीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्यूरोका एसपी पशुपतिकुमाार रायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको जग भनेकै कानुन हो : जम्कट्टेल
-
अनेरास्ववियु अध्यक्ष धामीलगायतका नेता पक्राउ
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण