शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गाडीका पार्टपुर्जासहित २ जना पक्राउ

शनिबार, ०७ माघ २०७९, २० : ०४
शनिबार, ०७ माघ २०७९

रौतहट । रौतहट प्रहरीले शनिबार भन्सार छलेर अवैध रूपमा भित्रयाएको गाडीको विभिन्न पार्टपुर्जासहित २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गरुडा नगरपालिका ६ का ४० वर्षीय कुन्दन चौधरी र २५ वर्षीय विजयकुमार यादव रहेका छन् ।

उनीहरुबाट प्रहरीले बिआर ०५ एयु ३७२८ नम्बरको मोटरसाइकल, दुई लाख नौ हजार बराबरको एयर फिल्टर, मोबिल पिल्टर, ब्रक सोल, डिजल फिल्टर, ब्रेक पैड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

पक्राउ परेका दुबै जनालाई सामान र मोटरसाइकलसहित आवश्यक कार्वाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप