शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

आइतबार, ०८ माघ २०७९, १९ : ०४
आइतबार, ०८ माघ २०७९

कैलाली । कैलालीमा कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय श्याम शर्मालाई पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट २०७१ वैशाखमा २ वर्ष कैद र ५ सय जरिवाना सजाय पाएका शर्मा फरार रहेका थिए । शर्मालाई घरबाटै पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।-न्युज कारखाना

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप