रास्वपा संसदीय दलको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार
सोमबार, ०९ माघ २०७९, १६ : ५४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन् ।
रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेतामा र परियारलाई प्रमुख सचेतकको रुपमा चयन गरेको सो पार्टीका महामन्त्री एवम् प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए ।
संसदीय दलको उपनेतामा चयन भएका श्रेष्ठ काठमाडौँ क्षेत्र नं ८ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने प्रमुख सचेतकमा चयन भएका परियार समानुपातिक सांसद हुन् । रास्वपा संसदीय दलको नेतामा पार्टीका सभापति रवि लामिछाने यसअघि नै चयन भइसकेका छन् । पार्टीबाट हाल प्रतिनिधिसभामा २० जना सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आइपुगे भारतीय वातावरण मन्त्री
-
विद्युत् अवरूद्धपछि अन्धकार काठमाडौँ (तस्बिरहरू)
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य
-
चेक बाउन्सको मिलापत्रबारे सरकारी वकीललाई महान्यायाधिवक्ता कार्यालयको सर्कुलर
-
महेश बर्तौलालाई प्रश्न– केपी ओलीलाई खुसी पार्ने तपाईंसँग त्यस्तो के कला छ ?
-
जिप दुर्घटना हुँदा दुई जना घाइते