शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

झापामा एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिए प्रेमी–प्रेमिका

मंगलबार, १० माघ २०७९, ११ : ३५
मंगलबार, १० माघ २०७९

झापा । झापाको कचनकवल गाउँपालिका–४ केचनामा प्रेमी–प्रेमिका एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । २५ वर्षीया राजेश कुमार गणेश र करिब १९ वर्षकी पवित्रा राजवंशी मृत अवस्थामा भेटिएको झापाका एसपी दुर्गा रेग्मीले रातोपाटीलाई बताए । 

एभरेष्ट चिया बगान स्थित शिरीषको रुखको एउटै हाँगामा उनीहरू झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनीहरू प्रेमी प्रेमिका रहेको प्रहरीको भनाई छ । प्रारम्भिक अनुसन्धानमा घटना शङ्कास्पद नदेखिएको एसपी रेग्मीले बताए । उनले भने–‘विभिन्न कोणबाट विस्तृत अनुसन्धान गर्दै छौँ ।’ माछा मार्ने जालको पासोमा उनीहरू झुण्डिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप