बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘छैन केही डर’ मा धिरेन र अनिताको रोमान्स

मङ्गलबार, १० माघ २०७९

काठमाडौँ । एक समयका चर्चित अभिनेता धिरेन शाक्य पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त छन् । सामाजिक र पारिवारिक कथाको मात्र नभएर प्रेमकथामा बनेको भिडियो समेतमा उनी जोडिन भ्याउँछन् ।

यस्तैमा गौरव गिरीको निर्देशनमा रहेको धिरेन अभिनित ‘छैन केहि डर’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा धिरेनलाई अभिनेत्री अनिता केसीसँग जोडीको रूपमा साथ दिएकी छन् । अनिता फिल्म कमाण्डो, सेतोबाघ, छहारी, बसन्ती, सजाय लगायतको अभिनेत्री हुन् । 

भिडियोमा धिरेन र अनिताको अलवा नुशा खातुन, भद्रजंग कुँवर, रामलक्ष्मण विष्ट र दुर्गाचन्द ठकुरीको पनि अभिनय देख्न सकिन्छ । बालकलाकारद्वय उमंग हुमागाइँ र उत्कर्ष हुमागाइँ पनि भिडियोमा फिचर्ड छन् ।

पारिवारिक कथा समेटिएको गीतको भिडियोमा सामाजिक कामले एउटा बस्तीको प्रतिनिधित्व गर्दै सहर हिँडेको श्रीमान् हराएपछि परिवारमा उनको श्रीमती र छोरामा पर्ने प्रभाव र त्यसले घर नै छोड्न बाध्य पार्ने परिस्थितिलाई जोडिएको छ । बुबा हराएपछि परिवारका अन्य सदस्यबाट बालक छोरा अपहेलित हुनुपर्दाको अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । 

गीतमा स्वर विशम आचार्यको छ भने मुकुन्द पौडेलको शब्दमा , संगीत जोसेफ शाही ठकुरीको छ । गीतमा संगीत संयोजन विशमले नै गरेका छन् । भिडियोमा भने भद्रजंग कुँवरको सम्पादन, उत्तम हुमागाइँको छायाङ्कन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया