सरकारको नीति तथा कार्यक्रम र बजेटप्रति समाजवादी पार्टीको असन्तुष्टि
काठमाडौँ । मो. रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी नेपालले सरकारद्वारा प्रस्तुत बजेट एवं नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएको छ ।
शनिबार सम्पन्न केन्द्रीय बैठकले उत्पीडित समुदायहरूको हित सुनिश्चित हुने गरी तत्काल नीति तथा कार्यक्रम एवं बजेटलाई संशोधन गर्न माग गरेको छ ।
मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, निषाद समुदाय, आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गको समस्या समाधान हुने गरी कार्यक्रम ल्याउन पार्टीले माग गरेको अध्यक्ष रिजवानले बताए ।
पछिल्लो समय संघीयता, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, समानता र सामाजिक न्यायमाथि प्रतिगामी र धार्मिक अतिवादी शक्तिहरूको आक्रमण भएको निष्कर्ष निकाल्दै त्यसको प्रतिकार गर्न ‘जनजागरण तथा संगठन सुदृढीकरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।
अभियानअन्तर्गत सूचना तथा सञ्चार, महिला, युवा, जनसांस्कृतिक, संगठन र विद्यार्थी विभागको छुट्टाछुट्टै बैठक तथा भेला तय गरिएको छ । यस्ता कार्यक्रमहरू क्रमशः जेठ २८, २९, असार १०, साउन १०, १५, २९ र भदौ २० गतेसम्म सञ्चालन गरिनेछ ।
पार्टीले चार प्रदेश (मधेश, लुम्बिनी, कोशी, बागमती) भित्रका ३० जिल्लामा जिल्ला भेला, संगठन पुनर्गठन, सदस्यता वितरण, तालिम तथा नयाँ समिति गठनको कार्य भदौ २०८२ भित्र सम्पन्न गर्ने तयारी पनि गरेको छ ।
यस्तै, जेठ १५ गते जनकपुरमा सम्पन्न संघीय गणतान्त्रिक गठबन्धनको घोषणालाई पूर्ण सफल भएको ठहर गर्दै त्यसलाई उत्पीडित जनताको आवाज र शहीदहरूको सपना साकार गर्ने दिशामा महत्त्वपूर्ण कदमको रूपमा बैठकले व्याख्या गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण