कोशी राजमार्गको भोटखोला खण्डमा बाढीले जलविद्युत् आयोजना र सडक बगायो

समाचार सारांश
- सङ्खुवासभाको भोटखोला गाउँपालिका-३ मा अविरल वर्षाका कारण सडक बगायो। बाढीले लघु जलविद्युत् आयोजना र अन्य संरचनामा क्षति पुर्यायो।
- क्षुक्सुम लघुजलविद्युत् आयोजना बाढीले पूर्ण रूपमा बगायो, जसले १६० घरधुरीमा विद्युत् आपूर्ति बन्द गर्यो।
- हुङ्गुङ जलविद्युत् आयोजनाको मुहान बगाउँदा २५० घरधुरी प्रभावित, तत्काल मर्मतको प्रक्रिया सुरु गरिनेछ।
सङ्खुवासभा । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका- ३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा सडक बगाएको छ ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार करिब ५० मिटर कच्ची सडक बगेको छ । बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुललगायत संरचनामा पनि क्षति पुगेको छ । उनका अनुसार १७ किलोवाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना पूर्णरूपमा बगाएको छ । सो आयोजनाबाट १६० घरधुरीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । ‘बाढीले आयोजना पूर्ण रूपमा बगाएको छ’, उनले भने ।
त्यस्तै, १२० किलोवाट क्षमताको हुङ्गुङ जलविद्युत् आयोजनाको मुहानसमेत बाढीले बगाएको अध्यक्ष भोटेले बताए । उक्त आयोजनाबाट २५० घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए ।
घटनास्थलमा अहिले प्रहरी, प्राविधिक टोली र जनप्रतिनिधिहरू पुगिसकेका छन् । ‘सडक तथा विद्युत् संरचनाको तत्काल मर्मतका लागि प्रक्रिया अघि बढाइने छ’, अध्यक्ष भोटेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीको माछा बेचेर जीविका चलाउँदै
-
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
-
निगुरो बेचेर घर खर्चको जोहो गर्दै कुमाल समुदाय
-
झापाका कृषकले पाएनन् चैते धानको समर्थन मूल्य
-
‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’
-
निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु