विराटनगर बाहिरका उद्योग र ठुला ब्राण्ड पनि सीएनआई एक्स्पोमा सहभागी हुँदै
विराटनगर । माघ १९ गतेदेखि विराटनगरमा हुन लागेको ‘सीएनआई कोसी एक्स्पो २०७९’ मा विराटनगर बाहिरका उद्योग र ठुला ब्राण्डहरु आफ्नो उत्पादनको प्रवर्द्धनका लागि सहभागी हुने भएका छन् ।
एक्स्पोमा सहभागीताका लागि नयाँ उद्योग र कम्पनिहरुलाई प्रोत्साहित गरिएका कारण उनीहरु आफ्नो उत्पादनसहित सहभागी हुने भएका हुन् ।
सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले विराटनगरका वीरगन्ज, भैरहवा, नवलपरासी, काठमाडौं लगायतका प्रमुख औद्योगिक क्षेत्रका उद्योगहरूले एक्स्पोमा सहभागीताको सुनिश्चितता गरेको जानकारी दिए । विराटनगरमा यसअघि लाग्दै आएका एक्स्पोहरुमा अहिलेसम्म सहभागिता नजनाएको चौधरी ग्रुप, यामाहा, सूर्य पेन्टस्, रुस्लान, न्यूट्री प्लस फुड लगायतका औद्योगिक उत्पादनले सहभागिता जनाउने भएका हुन् ।
उल्लेखित सबै औद्योगिक ब्राण्ड र उत्पादनहरु विराटनगर बाहिरका हुन् । एक्स्पोमा प्रदेश १ का प्राय सबै उद्योगहरूले सहभागिता जनाएको अध्यक्ष घिमिरेले बताए ।
लोकप्रिय कृषि उत्पादनभित्र किवीदेखि बरमझियाको पेडासम्मको प्रदर्शनी र विक्री वितरण हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
-
८ इरानी मिसाइल खसालेको जोर्डनको दाबी
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण