अभिनेता सुधीर वर्माले गरे आत्महत्या
मुम्बई । दक्षिण भारतीय (साउथ) का चर्चित अभिनेता सुधीर वर्माले आत्महत्या गरेका छन् । विष खाएर आत्महत्या प्रयास गरेका उनको हैदरावादको उस्मानिया अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको भारतीय मिडियाले जनाएका छन् ।
३३ वर्षीय वर्माको उपचारको क्रमम निधन भएको हो । स्वास्थ्य बिग्रिएपछि उनले हैदराबादस्थित आफन्तको घरमा गएर विष सेवन गरेका हुन् । वर्माको निधन भएको उनका सहकलाकार तथा साथी अभिनेता सुधाकर कोमकुलाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले वर्मालाई श्रद्धाञ्जली दिँदै लेखेका छन्, ‘प्यारो र राम्रो मान्छे । तपाईसँग काम गर्न राम्रो लाग्यो । म विश्वास गर्न सक्दिन कि तपाईं अब यो संसारमा हुनुहुन्न् ।’
त्यस्तै उनको निधनप्रति अभिनेत्री चाँदनी चौधरीले लेखेकी छिन्, ‘सुधीर, तिम्रो बिदाईले मेरो मुटु टुटेको छ, तिमी महान अभिनेता थियौ । हामीले तिमीलाई सम्झने छौँ ।’ रिपोर्टका अनुसार राम्रो भूमिका र काम नपाएका कारण वर्मा लामो समयदेखि डिप्रेसनमा थिए । जसका कारण उनले आत्महत्याजस्तो कदम उठाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण