शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डा. त्रिशालाको नयाँ गीत ‘तिमी नहुँदा’ सार्वजनिक

बुधबार, ११ माघ २०७९, १२ : ४७
बुधबार, ११ माघ २०७९

काठमाडौंँ । गायिका डा. त्रिशाला गुरुङको स्वर रहेको नयाँ गीत ‘तिमी नहुँदा’ सार्वजनिक भएको छ ।  दीप चाम्लिङको शब्द तथा महेश खड्काको संगीत गीतमा छ । 

गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा अभिनेत्री मलिका महत र कुन्साङ बोम्जोनको अभिनय छ । भिडियोमा मुस्ताङ्गका एकजोडी युवा युवतीको प्रेमकथा देखाउन खोजिएको छ । माथिल्लो मुस्ताङमै छायांकन भएको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् ।

भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप