९ वर्षपछि फरार अभियुक्त पक्राउ
बुधबार, ११ माघ २०७९, १३ : ५२
भक्तपुर । सवारी ज्यान मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । सवारी ज्यान मुद्दाका फरार एकजना अभियुक्तलाई नौ वर्षपछि पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २०७० जेठ २७ गते दिउँंसो ४ बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१५ चारदोबाटोस्थित ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको बा.३ च. ५२७५ नम्बरको एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्कीका ६७ वर्षीय शिवशरण रेग्मीको मृत्यु भएको थियो ।
घटनापछि एम्बुलेन्स चालक सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका–१ का ४२ वर्षीय इमबहादुर कार्की फरार रहेका थिए । उनलाई पक्राउ गरी प्रहरी वृत्त ठिमी भक्तपुरमा राखेर थप अनुसन्धान गरिरहेका भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको जग भनेकै कानुन हो : जम्कट्टेल
-
अनेरास्ववियु अध्यक्ष धामीलगायतका नेता पक्राउ
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण