शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

९ वर्ष कैद र जरिवाना तोकिएका दुईजना फरार अभियुक्त पक्राउ

बुधबार, ११ माघ २०७९, २० : २१
बुधबार, ११ माघ २०७९

जनकपुरधाम । अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएका दुईजना फरार अभियुक्त पक्राउ परेका छन् । प्रहरीले धनुषाको कमला नगरपालिका ८ बस्ने ३६ वर्षीय शिवकुमार महरा र ४५ वर्षीय नागेश्वर यादवलाई पक्राउ गरेको हो । 

महरालाई शहीदनगर नगरपालिका वडा नम्बर २ चोराकोयलपुरबाट र यादवलाई कमला नगरपालिका ८ टेढामोडबाट पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । दुबैलाई धनुषा जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दामा रु ५० हजार जरिवाना र ९ वर्ष कैदको सजाय सुनाएको थियो ।

महेन्द्र गोहिबारको जाहेरीले वादी नेपाल सरकार रहेको मुद्दामा अदालतले फैसला सुनाएपछि दुवै फरार रहँदै आएका थिए । पक्राउ परेका दुबैलाई धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप