अर्थतन्त्र
बैंकहरुमा तरलता थुप्रियो, रिभर्स रिपोमार्फत राष्ट्र बैंकले पैसा उठाउँदै
बिहीबार, १२ माघ २०७९, २३ : ०३
काठमाठौँ । पछिल्लो समय बजारमा तरलता सहज हुँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता (लगानी योग्य पुँजी) थुप्रिएसँगै अल्पकालीन समयका लागि राष्ट्र बैंकले रिजर्भ पैसा लिने भएको छ ।
बिहीबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले ७ दिनका लागि रिभर्स रिपोमार्फत ५ अर्ब रुपैयाँ सापटी लिने जनाएको हो । तरलता रिजर्भमा रहेका बैंकहरुले प्रस्तावित ब्याज दरसहित बिहीबार दिउँसो २ बजेसम्म बैंकमा अनलाइन आवेदन दिन सक्नेछन् । वाणिज्य बैंक, विकास बैंकसँगै ‘ग’ वर्गको फाइनान्स कम्पनीहरुले आवेदन दिन सक्ने बैंकले जनाएको छ । माघ १२ गतेबाट सुरु हुने रिभर्स रिपो आगामी माघ १९ गते परिपक्क हुनेछ ।
केन्द्रीय बैंकले बजारमा तरलता अभाव हुँदा रिपोमार्फत तरलता सहज गर्नेगर्छ भने यसको ठिक उल्टो बजारमा अधिक तरलता हुँदा रिभर्स रिपोमार्फत पैसा लिनेगर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी
-
बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण