अर्थतन्त्र
बैंकहरुमा तरलता थुप्रियो, रिभर्स रिपोमार्फत राष्ट्र बैंकले पैसा उठाउँदै
बिहीबार, १२ माघ २०७९, २३ : ०३

काठमाठौँ । पछिल्लो समय बजारमा तरलता सहज हुँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता (लगानी योग्य पुँजी) थुप्रिएसँगै अल्पकालीन समयका लागि राष्ट्र बैंकले रिजर्भ पैसा लिने भएको छ ।
बिहीबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले ७ दिनका लागि रिभर्स रिपोमार्फत ५ अर्ब रुपैयाँ सापटी लिने जनाएको हो । तरलता रिजर्भमा रहेका बैंकहरुले प्रस्तावित ब्याज दरसहित बिहीबार दिउँसो २ बजेसम्म बैंकमा अनलाइन आवेदन दिन सक्नेछन् । वाणिज्य बैंक, विकास बैंकसँगै ‘ग’ वर्गको फाइनान्स कम्पनीहरुले आवेदन दिन सक्ने बैंकले जनाएको छ । माघ १२ गतेबाट सुरु हुने रिभर्स रिपो आगामी माघ १९ गते परिपक्क हुनेछ ।
केन्द्रीय बैंकले बजारमा तरलता अभाव हुँदा रिपोमार्फत तरलता सहज गर्नेगर्छ भने यसको ठिक उल्टो बजारमा अधिक तरलता हुँदा रिभर्स रिपोमार्फत पैसा लिनेगर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैह्रआवासीय नेपाली सङ्घलाई प्रधानमन्त्रीको आग्रह : एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित हुनुस्
-
सिटामोल तथा जीवनजल खरिदका लागि पत्राचार
-
पूर्वडीआईजी जोशीको मुद्दा हेर्न नमिलेपछि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पनि ‘हेर्न नमिल्ने’
-
अर्थमन्त्री पौडेल छलफलमा उपस्थित नभएको भन्दै आपत्ति
-
आगलागी भएको मखनमा सुनिता : ग्यास कम्पनीहरूको प्रभावकारी अनुगमन गर्ने
-
गर्मीको बहार, खर्बुजाको व्यापार (तस्बिरहरू)