चालु खर्च ६५ प्रतिशतलाई ३५ मा झार्ने गरी बजेट ल्याउनुस् : जनार्दन शर्मा
काठमाडौँ । सांसद जनार्दन शर्माले आर्थिक क्षेत्रको पुनर्संरचना गरेर मात्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताएका छन् । बुधवार प्रतिनिधिसभामा प्रि बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
साथै आगामी बजेट आम्दानी र खर्चको फाँट मात्र नभएर देशको समृद्धिको असमानताको खाडलबाट उक्सिन नसकेका जनतालाई माथि ल्याउने उद्देश्यमूलक दस्ताबेजको रुपमा प्रस्तुत हुने अपेक्षा रहेको बताए ।
कुल बजेटको ६५ प्रतिशत चालु खर्च हुने गरेकोमा आगामी बजेट ६५ प्रतिशत पुँजीगत खर्च हुने गरी ल्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
‘जनताका अपेक्षा पुरा गराउन हामीसँग स्रोत छैन । त्यो स्रोत कहाँबाट ल्याउने । आज बजेटको ६५ प्रतिशत चालु खर्चमा जाने गरेको छ,’ उनले भने, ‘३५ प्रतिशत पुँजी गत खर्च हो त्यो पनि खर्च हुँदैन । त्यसकारण ६५ प्रतिशतलाई ३५ मा झार्ने गरी ल्याउनुस् । हाम्रो समर्थन हुनेछ । त्यसको लागि संरचनागत पुनर्संरचना हो । चाहे राजनीति र प्रशासन क्षेत्रको आजको खर्च घटाउनुपर्छ । त्यसबाट मात्रै बजेट बनाउन सक्नुहोला अन्यथा १० खर्ब वरिपरिको बजेट आउँदैछ । राजस्व अरू तानतुन गरेर दुई चार खर्ब थप्नुहोला अरू बन्छ कसरी ? आज देशलाई चाहिएको आर्थिक पुनर्संरचना हो ।’
साथै आर्थिक पुनर्संरचना यस क्षेत्रमा आवश्यक रहेको बताए । ‘अर्थमन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु । बजेटको आर्थिक संरचना सुधार गर्नका लागि नभए नै हामी निरन्तर समस्या छौँ,’ उनले भने,‘यसमा कडाभन्दा कडा रूपमा प्रस्तुत हुनुस् दुई तिहाइको सरकार छ त्यसमा हाम्रो पनि समर्थन छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण