आगलागी भएको मखनमा सुनिता : ग्यास कम्पनीहरूको प्रभावकारी अनुगमन गर्ने
सारांश
- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले मखनटोलमा आगलागीबाट क्षति भएका घरहरूको अनुगमन गरिन्।
- बुधबार बिहान दयाराम श्रेष्ठको घरबाट सुरु भएको आगोले अन्य तीन घरमा पनि क्षति पुर्यायो।
- उपप्रमुख डङ्गोलले ग्यास चुहावटलाई आगलागीको मुख्य कारणको रूपमा औंल्याइन् र अनुगमनलाई प्रभावकारी बनाउने बताइन्।
- मखन आगलागीमा श्रेष्ठको घर पूर्ण रूपमा नष्ट भयो र एक महिलाको मृत्यु भयो।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँ महानगरपालिका वडा– २४ मखनटोलमा आगलागी हुँदा क्षति भएका चारवटै घरको अनुगमन गरेकी छन् ।
बुधबार बिहान दयाराम श्रेष्ठको चारतले घरबाट आगो सल्किएको थियो । आगलागीबाट सँगैका तीन घरमा पनि क्षति भएको छ । उपप्रमुख डङ्गोलले आगलागी भएका स्थानको अनुगमनसँगै घरबेटी दयाराम श्रेष्ठ, विनोदकुमार राजभण्डारी लगायतसँग पनि कुराकानी गरेकी छन् ।
‘अहिलेसम्म ग्यास चुहिएर आगलागी भएको भन्ने छ । आगलागीका घटनाहरू धेरै जसो ग्यास चुहिएर हुने गरेका छन् । हामी ती कुरालाई मध्यनजर गर्दै अनुगमनलाई प्रभावकारी बनाउँछौँ’, उपप्रमुख डङ्गोलले भनिन् ।
महानगरपालिकाले नियमित अनुगमन गरिरहेको भन्दै उनले आगामी दिनमा ग्यास कम्पनी र डिलरहरूमा अनुगमन गर्ने जानकारी दिइन् । मखन आगलागीमा परी श्रेष्ठको चारतले घरमा पूर्ण रुपमा क्षति भएको छ भने एक महिलाको मृत्यु भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण