अर्थमन्त्री पौडेल छलफलमा उपस्थित नभएको भन्दै आपत्ति
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक एवम् सांसद हितराज पाण्डेले अर्थमन्त्री विष्णुप्रसाद पौडेल छलफलमा उपस्थित नभएको भन्दै आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्री बजेट) माथिको छलफलमा बोल्दै उनले अर्थमन्त्रीको उपस्थिति नभएकोप्रति विरोध जनाएका हुन् ।
‘प्रतिनिधिसभा नियमावली २०७९ को ६ को ५ मा बैठकमा मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने उल्लेख छ । कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रीसमेत उपस्थित हुनुपर्नेछ । हामी आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताउपर छलफल गरिरहेका छौँ,’ उनले भने,‘यो छलफलमा माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यू उपस्थित भएर सदनमा भएका विषय वस्तुलाई सरकारले सुनेर मनन गरेर संसद्का आवाजहरूलाई लैजानुपर्ने थियो । त्यसकारणले मन्त्रीज्यूलाई सदनमा उपस्थित गराएर यो सदनलाई अगाडि बढाउनका लागि नियमापत्ति प्रस्तुत गरिरहेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण