बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

अर्थमन्त्री पौडेल छलफलमा उपस्थित नभएको भन्दै आपत्ति

बुधबार, ३१ वैशाख २०८२, १३ : २२
बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक एवम् सांसद हितराज पाण्डेले अर्थमन्त्री विष्णुप्रसाद पौडेल छलफलमा उपस्थित नभएको भन्दै आपत्ति  जनाएका छन् । बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्री बजेट) माथिको छलफलमा बोल्दै उनले अर्थमन्त्रीको उपस्थिति नभएकोप्रति विरोध जनाएका हुन् ।

‘प्रतिनिधिसभा नियमावली २०७९ को ६ को ५ मा बैठकमा मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने उल्लेख छ । कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रीसमेत उपस्थित हुनुपर्नेछ । हामी आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताउपर छलफल गरिरहेका छौँ,’ उनले भने,‘यो छलफलमा माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यू उपस्थित भएर सदनमा भएका विषय वस्तुलाई सरकारले सुनेर मनन गरेर संसद्का आवाजहरूलाई लैजानुपर्ने थियो । त्यसकारणले मन्त्रीज्यूलाई सदनमा उपस्थित गराएर  यो सदनलाई अगाडि बढाउनका लागि नियमापत्ति प्रस्तुत गरिरहेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप