बालबाटिकामा सरस्वती पूजासँगै विज्ञान प्रदर्शनी
_AA19ngmCRa.jpg)
काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व बिहीबार विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ । यसैक्रममा राजधानीको बालाजुस्थित बालबाटिका इन्टरनेशनल स्कुलले पनि विशेष कार्यक्रमको आयोजना गरेको छ । बिहीबार विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा मन्त्रोच्चारणसहित माता सरस्वतीको विशेष पूजा आराधना गरियो ।
विद्यार्थीलाई संस्कार र संस्कृतिबारे जागृत गराउन विभिन्न पर्व तथा अवसरमा यस्ता कार्यक्रम नियमित गर्दै आएको प्रधानाध्यापक राजेश खकुरेलले जानकारी दिए ।
सो क्रममा विद्यार्थीहरूले सरस्वतीको पूजा आराधना गर्नुका साथै सरस्वती वन्दनासमेत प्रस्तुत गरेका थिए ।
सोही अवसरमा विद्यालय प्राङ्गणमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको विज्ञान प्रदर्शनीसमेत गरिएको थियो । प्रदर्शनीका क्रममा विद्यार्थीहरूले पृथ्वीको बनावटबारे जानकारी दिने सामग्रीसहित विज्ञानसँग सम्बन्धित विभिन्न सामग्रीहरू प्रदर्शन गरेका थिए ।
बालबाटिकाले नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया थालनी गरेको पनि जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिको सजाय
-
काठमाडौँबाट माइक्रो बस चोरी, धादिङबाट समातिए
-
‘यो संविधानले मध्यम वर्गको समेत रक्षा गर्न सकेको छैन’
-
कांग्रेस महामन्त्री सगरमाथा आरोहण गर्दै
-
‘मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी’
-
मध्यपूर्वी देशहरूमा ‘जार’ को प्रदर्शन सुरू