मध्यपूर्वी देशहरूमा ‘जार’ को प्रदर्शन सुरू
काठमाडौँ । नेपाल र भारतमा गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जार’ले मध्यपूर्वका देशहरूमा बिहीबारबाट प्रदर्शन थालेको छ । निर्माण कम्पनी फेरि टेल पिक्चर्सले यूएई, कतार र बहराइनमा फिल्म प्रदर्शनमा आएको जानकारी दिएको हो ।
निर्देशक फुर्वाछिरिङ लामाले यूएईका सहरहरू दुबई, अवुधावी, अज्मान र शारजाहका स्थानीय हलहरूमा फिल्म प्रदर्शनमा आएको बताए । यस्तै कतारको दोहा, बहराइनको मनामालगायत शहरहरूमा पनि ‘जार’ एकसाथ प्रदर्शनीमा आएको छ ।
शुक्रबारबाट यो चलचित्र अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिकासँगै युरोपका विभिन्न देशहरूमा प्रदर्शन हुने जनाइएको छ । वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्मले २ सय वर्ष पुरानो नेपाली समाजको कथा अभिव्यक्त गर्न खोजेको छ ।
फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको मुख्य भूमिका छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रका कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण