इरानले फर्कायो तीन हजार अफगानी शरणार्थी
काबुल । इस्लाम काला र पुले अब्रिशुम सीमाहरू हुँदै हाल इरानबाट तीन हजार भन्दा बढी अफगान शरणार्थीहरूलाई देश निकाला गरिएको खामा प्रेसले जनाएको छ ।
अफगान शरणार्थीहरूको बलपूर्वक निर्वासन र हिरासत राख्ने क्रम जारी रहेको जनाइएको छ । हालै तीन हजार एक सय २३ अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासित गरिएको थियो ।
तालिबान नेतृत्वमा अफगानिस्तानको शरणार्थीहरुलाई स्वदेश फिर्ता गरिरहेको शरणार्थी मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनवरी २४ र २५ मा क्रमशः ३ हजार एक सय २३ अफगानी आप्रवासीलाई इरानबाट निकालिएको घोषणा गरेको छ ।
इरानमा पछिल्लो समय अफगान नागरिकलाई हिरासतमा राखेर जबरजस्ती अफगानिस्तान पठाइएको छ । धेरै अफगानहरूले आफ्नो जीवनको चिन्ता र डरलाग्दो आर्थिक अवस्थाको कारण देश छोडेका थिए । इरानमा हाल ४० लाखभन्दा बढी अफगानीहरू बसोबास गरिरहेका देशको विदेश मन्त्रालयले जनाएको छ ।
इरानबाट फर्केका शरणार्थीहरु हेरात र निमरुज प्रान्तहरू हुँदै अफगानिस्तान प्रवेश गरेका तालिबान अधिकारीहरूले जनाएका छन् । इरानी अधिकारीहरूलाई अफगान शरणार्थीहरूसँग शिष्ट व्यवहार गर्न आग्रह गरिएको छ ।
गत वर्ष अगस्टमा अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि हजारौं अफगानीहरू तालिबानको सत्ताका कारण मृत्युको डरले देश छोडेर भागेका थिए ।
पाकिस्तान तालिबानले पुनः नियन्त्रणमा लिएपछि अफगानिस्तानसँग सीमा जोडिएका दुई राष्ट्र इरान र पाकिस्तानमा ठुलो सङ्ख्यामा बसाइँसराइको लहर चलेको खामा प्रेसले जनाएको छ । (रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते
-
सानिमा बैंकद्वारा देशभरका १०५० गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सेवा र पौष्टिक खाना वितरण
-
शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
-
यस्तो अवस्थामा छ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तस्बिरहरु
-
स्नुकर हाउसको आवरणमा लागु औषध कारोबार, सञ्चालक दाजुभाइसहित ३ जना पक्राउ
-
स्टक ब्रोकर एशोसिएनद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण