सत्तामा संघर्ष किन हुन्छ कारण खोजौं : मुख्यमन्त्री गिरी
रुपन्देही । पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकको बुटवलमा परिचर्चा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, विभिन्न राजनीतिक दलका नेता, विश्लेषक, विभिन्न क्षेत्रका व्यक्तिहरु, सञ्चारकर्मीलगायतको सहभागितामा पुस्तकको परिचर्चा गरिएको हो ।
पुस्तकमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पुस्तकले सत्ता केन्द्रित राजनीतिलाई उजागर गरेपनि यसको कारणबारे भने मौन रहेको टिप्पणी गरे । उनले भने, ‘यो पुस्तकलाई गोरेटो मानेर सत्ता केन्द्रीत राजनीतिका कारणहरु खोतलेर अब अर्को कृति प्रकाशन गर्न म आग्रह गर्दछु ।’
संसदीय व्यवस्थामा सरकार बनाउने र गिराउने खेल दुनियाँमा हुने भन्दै उनले तर बहुमतको सरकार किन गिराउने खेल भयो ? किन सरकारहरु टिक्न सकेनन् ? यसमा भू राजनीतिको प्रभाव छ कि छैन ? जस्ता विषयलाई समेटेर अर्को पुस्तक ल्याउन सुझाव दिए ।
मुख्यमन्त्री गिरीले सबै कुराको दोष राजनीतिक दल र नेतालाई मात्र दिनुभन्दा यसो हुनुको भित्री कारणहरु पहिल्याउनु जरुरी रहेको औंल्याए । उक्त अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नेकपा माओवादी केन्द्रकी नेतृ सोनिया यादव, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईलगायतले सत्ता संघर्ष नामक पुस्तकले सत्ता राजनीतिको खेललाई उदाङ्गो पारिदिएको बताए ।
कार्यक्रममा पुस्तकका लेखक रामकृष्ण भण्डारीले १० वर्षको मेहनेत लगाएर आफूले पुस्तक प्रकाशन गरेको भन्दै आफूले पत्रकारिताका दौरानमा देखेका, भोगेका, महशुस गरेका, अनुभव गरेका र विभिन्न नेता एवं व्यक्तिसँगको कुराकानीका आधारमा पुस्तक प्रकाशन गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण