बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

तीन मिनेटको आइटम नम्बरको लागि २ करोड शुल्क

शनिबार, १४ माघ २०७९, १३ : २१
शनिबार, १४ माघ २०७९

मुम्बई । उर्वशी रौतेलाले जनवरी १३ मा रिलिज भएको चिरञ्जीवीको फिल्म वाल्टेयर वीरैयामा आइटम नम्बर गरेबापत करोडौँ पारिश्रमिक लिएकी छिन् । उनले तीन मिनेटको गीत ‘बस पार्टी’ मा नाच्नका लागि २ करोड भारु शुल्क लिएकी हुन् ।

फिल्मका खलनायक प्रकाश राजले भने उर्वशीले जति शुल्क पनि लिएका छैनन् । प्रकाश राजले भिलेनको भूमिका निभाउन १.५ करोड भारु पारिश्रमिक लिएका छन् । चिरञ्जीवी र उर्वशीको अभिनय रहेको यो भिडियो गीतले राम्रो चर्चा पाइरहेको छ भने फिल्मको कमाई पनि उत्कृष्ट रहेको छ । फिल्मले हालसम्म विश्वभर २०० करोड कलेक्सन गरिसकेको छ ।

रिपोर्टका अनुसार चिरञ्जीवीले फिल्म वालटेयर वीरैयामा काम गरेबापत करिब ५० करोड भारु लिएका छन् । उता फिल्मका अर्का मुख्य कलाकार रवि तेजाले १७ करोड पारिश्रमिक लिएका छन् । फिल्मकी अभिनेत्री श्रुति हासनले २.५ करोड भारु पारिश्रमिक लिएकी छिन् । तर, बुझ्नु पर्ने कुरा के छ भने उर्वशीले ३ मिनेटको डान्स नम्बरका लागि २ करोड भारु पाएकी छिन् ।

वाल्टेयर वीरैयाएक एक्सन ड्रामा फिल्म हो। फिल्ममा चिरञ्जीवी डनको भूमिकामा छन् भने रवि तेजाले एसीपी विक्रम सागरको भूमिका निभाएका छन् । रिलिजसँगै फिल्मलाई लिएर दर्शकमा निकै उत्साह देखिएको छ । चिरञ्जीवी साउथ सिनेमाका चर्चित अभिनेता मध्येका एक हुन्, त्यसैले उनको फिल्मलाई लिएर दर्शकमा फरक जोश हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप