बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नवाजुद्दीन सिद्दिकीकी श्रीमतीको गम्भीर आरोप, ‘म घरमा कैद छु, खाना–पानी पनि बन्द छ’

शनिबार, १४ माघ २०७९, १३ : ५३
शनिबार, १४ माघ २०७९

मुम्बई । नवाजुद्दीन सिद्दिकीकी आमा मेहरुनिसा सिद्दिकीले हालै आफ्नी बुहारी र नवाजकी पत्नी आलिया विरुद्ध एफआईआर दर्ता गरेकी थिइन् । यस मामिलामा आलियाको प्रतिक्रिया आएको छ ।

रिपोर्टका अनुसार आलियाले आफ्नो घरमा उत्पीडनको सामना गरिरहेको बताएकी छन् । उनीहरूको खाना र पानी बन्द गरिएको छ भने भान्सा कोठामा जान पनि निषेध गरिएको छ। आलियाले आफू सोफामा सुत्नु परेको दाबी गरेकी छन् । उनका अनुसार उनले अहिलेसम्म यस विषयमा प्रहरीमा उजुरी दिएकी छैनन् तर यस सम्बन्धमा आफ्ना वकिललाई अवश्य जानकारी दिएकी छन् । 

ईटाइम्सको रिपोर्ट अनुसार आलियाले भनेकी छन्, ‘मलाई घरमै नजरबन्दमा राखिएको छ । घरबाहिर निस्कन निषेध गरिएको छ । भान्सा कोठामा जान पनि दिइँदैन । खाना पठाउने मेरा साथीहरूलाई भित्र जान दिइँदैन। गेटमा जान पनि सकिनँ किनभने म धेरै डराएको छु। म बैठक कोठामा सोफामा सुत्नु पर्छ।

आलिया आफ्ना सन्तानसँग दुबईमा बस्ने गर्दथिन् तर राहदानीको समस्याका कारण उनी स्वदेश फर्किनुपरेको थियो तर घर आएपछि सासुले उनीविरुद्ध एफआइआर दर्ता गराइन् । उनले थप भनिन्, ‘म नवाजलाई १० वर्षदेखि चिन्छु, हामीले विहे गरेका थियौँ जब उनी लोकप्रिय स्टार थिएनन्, त्यसैले म उनको श्रीमती भएर उनको घरमा किन बस्न सक्दिनँ भन्ने जान्न चाहन्छु ।

म अब फसेको महसुस गर्छु। मसँग अरू कुनै घर छैन जहाँ म जान सक्छु र बस्न सक्छु । तर म आफ्नो अधिकारलाई त्याग्न सक्दिनँ। नवाजुद्दीनकी श्रीमतीको वास्तविक नाम अञ्जना किशोर पाण्डे थियो तर विवाहपछि उनले आफ्नो नाम बदलेर आलिया जैनब राखिन् ।

सम्पत्तिको विषयमा विवाद

जानकारीका अनुसार आलिया र नवाजकी आमाबीच सम्पत्तिलाई लिएर विवाद भएको थियो, जसका कारण यो मामिला प्रहरीमा पुगेको थियो । नवाजकी आमाले आलियाविरुद्ध उजुरी दिएकी थिइन् । पुलिसले आईपीसीको धारा 452, 323, 504 र 506 अन्तर्गत मुद्दा दर्ता गरेको थियो।

आलियाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो विरुद्धको एफआईआरलाई लिएर आश्चर्य व्यक्त गरेकी थिइन् । उनले लेखेकी छिन्, ‘जब मैले श्रीमान‍्विरुद्ध उजुरी दिएँ, प्रहरीले त्यसमा ध्यान दिँदैन । श्रीमान‍्को घर छिरेको केही मिनेटमै मविरुद्ध एफआईआर दर्ता भयो । के मैले कहिल्यै न्याय पाउन सक्छु?'

२०२० मा आलियाले नवाजको परिवारमाथि हिंसाको आरोप लगाएकी थिइन् । आलियाले नवाजका भाइ शम्स सिद्दिकीले आफूमाथि दुर्व्यवहार गरेको र यसै कारणले नवाजलाई सम्बन्धविच्छेदका लागि कानूनी नोटिस पनि पठाएको बताएकी छन् । तर, २०२१ मा आलियाले नवाजसँग सम्बन्धविच्छेद गर्ने निर्णय परिवर्तन गरिन् । उनले नवाजको व्यवहारमा धेरै परिवर्तन आएको भन्दै सम्बन्धविच्छेदको निर्णय फिर्ता लिएको बताएको थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप