शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आइतबार, १५ माघ २०७९, ११ : ४७
आइतबार, १५ माघ २०७९

भोजपुर । श्रीमती ४१ वर्षीया गंगा श्रेष्ठको हत्या गरेको अभियोगमा अरुण गाउँपालिका-२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञान बहादुर श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

ज्ञान बहादुरले मादक पदार्थ सेवन गरी सामान्य विबादको कारण आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरि खाडलमा पुरेको भन्ने सूचना प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय भोजपुर, ईलाका प्रहरी कार्यालय तिवारिभन्ञ्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप