लुकामारी खेल्दा–खेल्दै ३७०० किमि टाढा अर्को देश पुगे किशोर
लुकामारी खेल्दै गर्दा १५ वर्षका एक किशोर ३७०० किलोमिटर टाढा अर्को देश पुगे । ६ दिन पछि उनी भेटिँदा मानिस अचम्ममा परे । यतिबेला बच्चाको परिवार उनको खोज तलासमा जुटिरहे । घटना बंगलादेशको चटगाउँको हो जहाँबाट हराएका एक किशोर ६ दिन पछि मलेसियामा भेटिए ।
रिपोर्टका अनुसार १५ वर्षका फहिम आफ्ना साथीहरुसँग चटगाउँको बन्दरगाहमा लुकामारी खेलिरहेका थिए । यसैबीच उनले आफूलाई एक सिपिङ कन्टेनर भित्र बन्द गरे र त्यहाँ भित्रै सुते । उनी ब्यूँझिदासम्म कन्टेनर मलेसिया पुगिसकेको थियो । न त उनका परिवार न त्यहाँ काम गर्नेलाई यसबारे शंका लाग्यो ।
तर जब मलेसियाको पोर्टमा कन्टेनर खोलियो तब प्रशासनका मानिस अचम्ममा परे । त्यहाँबाट एउटा किशोर निस्किए । सोधपुछ गर्दा उनी बंगलादेशबाट भएको थाहा भयो । त्यसपछि त्यहाँको प्रशासनले यसको सूचना चटगाउँ बन्दरगाहका कर्मचारीलाई दिए ।
बंगलादेशबाट मलेसिया पुगे
११ जनवरीमा गायब भएका फहिम १७ जनवरीमा बन्दरगाहमा भेटिए । मलेसियाली समाचार एजेन्सी बरनामाका अनुसार मलेसियाका गृहमन्त्री दातुक सेरी सैफुद्दीन नस्युशन इस्माइलले यो घटनाको विषयमा बयान दिएका छन् । उनले भने, ‘यस्तो लाग्छ कि ती किशोर कन्टेनरमा छिरे, त्यसपछि त्यहि सुते र यहाँसम्म आइपुगे ।’
फहिम कन्टेनरभित्र हप्तादिनभरी खानु–पिउनु बिना बसे । यसकारण उनी निकै कमजोर भएका थिए । उनलाई ज्वरो पनि आएको थियो । बाहिर निस्किएपछि उनलाई नजिकैको अस्पताल लगियो ।
प्रहरीले सुरुमा यो मानव तस्करीको मामिला भएको शंका गरेको थियो तर बंगलादेशको प्रशासनसँग सम्पर्क गरेपछि वास्तविकता सार्वजनिक भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण