राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्दै नेपाली सेना
सुर्खेत । नेपाली सेनाले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ । कर्णालीको पहिचानका रूपमा रहेको लामो दूरीको दौडकोे प्रवर्द्धन र खेलकुद क्षेत्रको विकास तथा राष्ट्रिय एकताको भावना अभिवृद्धिका लागि यही माघ २१ गते एकताका लागि दौड प्रतियोगिता हुने भएको हो ।
उत्तर पश्चिम पृतना हेडक्वार्टरद्वारा सेनाले गरेको अर्धवार्षिक कार्यप्रगति सार्वजनिक गर्दै आज एकताका लागि दौड प्रतियोगिता गर्न लागिएको जनाइएको छ । खेलकुद क्षेत्रको विकासमा थप टेवा, विद्यार्थी तथा खेलाडीहरूलाई हौसला प्रदान गर्दै राष्ट्रियता र संस्कृति जगेर्ना गर्ने माध्यमका रूपमा विकास गर्न प्रतियोगिता गर्न लागिएको सेनाले जनाएको छ ।
करिब एक हजारको सहभागिता रहने प्रतियोगितामा लामो र छोटो दूरीका दौडसहित पैदल यात्रा समावेश गरिएको छ । जसमा पाँच किलोमिटर पैदल यात्रा, पाँच किलोमिटर पुरुष महिला दौड र १० किलोमिटर पुरुष महिला दौड रहेका छन् । प्रतियोगितामा सर्वसाधारणदेखि खेलाडी, कर्मचारी, सुरक्षा निकायका कर्मचारी, विद्यार्थी तथा विभिन्न सङ्घसंस्थाले भाग लिन पाउनेछन् ।
पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः रु १० हजार, पाँच हजार, तीन हजार र १० किलोमिटरमा रु २० हजार, १० हजार र पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उक्त दिन सेनाले युद्ध कौशल, हातहतियार, विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री, आर्टिलरी उपकरण, विविध सांस्कृतिक प्रस्तुति, सैनिक पुस्तकहरूको प्रदर्शनीसमेत गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा बजेट पारित गर्ने वातावरण बनाउने प्रयास, कमजोरी सच्याएर अघि बढ्न सत्ता पक्ष सकारात्मक
-
कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा १४ जनाले दिए आवेदन
-
राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी
-
‘असारे विकास’को चटारोः पहिलो १५ दिनमै साढे ६७ अर्ब बजेट खर्च
-
वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण