राजनीति
प्रचण्डलाई प्रश्न : गृहमन्त्री कसलाई बनाउनुहुन्छ ? जवाफ : बनेपछि थाहा पाउनुहुन्छ
सोमबार, १६ माघ २०७९, १५ : १७
काठमाडौँ । सोमबार माओवादी केन्द्रको पदाधिकारी बैठक सकेर पेरिसडाँडाबाट निस्कने क्रममा सञ्चारकर्मीले प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरे– ‘गृहमन्त्री कसलाई बनाउँदै हुनुहुन्छ ?’ सञ्चारकर्मीले प्रश्न गर्दा नगर्दै प्रधानमन्त्री प्रचण्ड आफ्नो सवारी साधनतर्फ धकेलिए । तैपनि सञ्चारकर्मीले छाडेनन् र पुन प्रश्न गरे ।
‘बनेपछि थाहा पाउनुहुन्छ’, तीन शब्दमा प्रचण्डले जवाफ दिए । त्यसपछि सञ्चारकर्मीले दोस्रो प्रश्न गरे । राष्ट्रपतिमा के भयो ? तर प्रधानमन्त्री प्रचण्डलाई यो प्रश्न सोध्दासोध्दै प्रचण्ड गाडीमा चढेर हुइँकिसकेका थिए । पछिल्लो समय गृहमन्त्री र राष्ट्रपतिका बारेमा राजनीतिक दलदेखि सर्वसाधारणमा समेत चासो बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध
-
देशका विभिन्न स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत फेला
-
रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार
-
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
-
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी : पाँच जना पक्राउ
-
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले लिए शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण