शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लगानीमैत्री वातावरण बनाउन व्यवसायीहरुहरुको माग

सोमबार, १६ माघ २०७९, १६ : २६
सोमबार, १६ माघ २०७९

काठमाडौं । बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या समाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउन व्यवसायीहरूले माग गरेका छन् ।  

सोमबार नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरविरुद्ध गरेको सडक आन्दोलनमा सञ्चारकर्मीसँग बोल्दै अधिकांश व्यवसायीहरूले बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या समाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउन माग गरेका छन् । 

उनीहरुले बैंकको चर्को ब्याजदरका कारण व्यवसायीहरू सडकमा आउनुपरेको भन्दै तत्काल सरकारले बैंकको ब्याजदर एकल अंकमा ल्याउनुपर्ने बताए । उनीहरुले पछिल्लो समय साना मझौला उद्योगीहरुलाई मात्रै नभएर समग्र उद्योग क्षेत्रमा नै बैंकहरुले देखाएको आंतकले व्यवसायीहरू पीडित भएर आत्मदाह गर्न बाध्य बनाएको बताए । 

सडक आन्दोलनमा सहभागी हुँदै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले अहिलेको असहज अवस्थालाई हेरेर व्यवसायीहरूलाई सहजता बनाउनुपर्ने बताए । उनले उद्योगी व्यवसायीहरूले बैंकबाट लिएको कर्जा तिर्दैनौँ नभनेको बताए । उनले असहज अवस्था भएकाले व्यवसायीहरूले लिएको कर्जाको किस्ता तिर्न समय माग गरिएको बताए ।   

उपाध्यक्ष श्रेष्ठले राष्ट्र बैंकका गभर्नरले कर्जा दिन्न भन्नु अराजकता भएको भन्ने टिप्पणी गलत भएको बताए । उनले बैंकबाट व्यवसायीहरूले आधार देखाएर नै कर्जा लिएको बताए । उनले व्यवसायीहरूले बैंकबाट कर्जा व्यवसाय गर्न र तिर्नको लागि नै लिएको दाबी गरे । उनले १८ लाख ऋणीले सबै कागज बुझाएर कर्जा लिएको उल्लेख गरे । उनले अहिलेको असहज अवस्थामा बैंकहरु पनि जिम्मेवार हुनुपर्ने बताए ।

उनले बैंकहरुबाट ऋण लिने प्रत्येक व्यक्तिको व्यवसाय र आयआर्जनलाई सुरक्षित बनाउन नसके जनताको निक्षेप सुरक्षित हुन नसक्ने बताए । उनले उद्योगी व्यवसायीहरूको लगानी सुरक्षित बन्ने कानुन बन्न आवश्यक रहेको पनि बताए । उनले अहिलेको अवस्था ऋणीहरूलाई सहज वातावरण बनाउनको लागि राष्ट्र बैंक वा सरकारले उद्योगी व्यवसायीहरूको घर जग्गा लिलाम नगर्न निर्देशन दिनुपर्ने माग गरे ।  

त्यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बैंकहरुले उद्योगी व्यवसायीहरूबाट चर्को ब्याज असुलेर नाफामा कमाएर बसेको आरोप लगाए । उनले बैंकहरुले सबै क्षेत्रका व्यवसायीहरूको सम्पत्ति लिलामीमा दैनिक जसो पत्रपत्रिकाहरूमा प्रकाशित हुन थालेको बताए । उनले यातायात लगायत सबै क्षेत्रको एउटै समस्या भएकाले बैंकको चर्को ब्याजदर र आतंकको विरुद्धमा आन्दोलनमा सहभागिता जनाएको बताए ।

उनले नेपालको यातायात क्षेत्रले मुलुकको अर्थतन्त्र चलायमान बनाउने मेरुदण्ड भएको बताए । उनले निजी क्षेत्र सरकारको एउटा साझेदार भएकाले साझेदारको व्यवहार गर्नुपर्ने बताए । उनले व्यवसायीहरूलाई भएका नीति गत तथा बैंक समस्याको सहजीकरण सरकारले गर्नुपर्ने बताए । उनले यातायात व्यवसायीहरूलाई बैंकले फोन आफ गरेर बस्नुपर्ने अवस्था बनाएको बताए ।

सिटौलाले अहिले कुनै क्षेत्र नाफामा छ भने त्यो बैंकिङ क्षेत्र मात्रै भएको बताए । उनले अहिलेको अवस्थामा बैंकहरुले पनि व्यवसायीहरूलाई सहजीकरण गरी ब्याजदर घटाएर गरिखाने वातावरण बनाउनु पर्ने बताए ।   उनले अब मुलुकका सबै निजी क्षेत्र गठबन्धन गर्न आवश्यक रहेको बताए ।  

त्यस्तै, फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले ७० प्रतिशत राज्य सञ्चालन गर्ने खर्च निजी क्षेत्रले योगदान गरिरहेको बताए । उनले अहिले राज्यलाई साना व्यवसायीहरूले रोजगारी लगायतमा राज्यलाई योगदान गरे पनि ठुला निश्चित व्यवसायीहरूले राज्यबाट फाइदा लिएको बताए । उनले साना व्यवसायीहरूले शरीरमा आगो लगाएर आत्मदाह गर्दा समेत राज्य मौन बस्नु राम्रो नभएको बताए ।  

 उनले बैंकहरुले व्यवसायीहरूले लिएको कर्जाको ब्याज नतिरेको भन्दै लिलामी निकाली दिने धम्की दिने गरेको बताए । उनले सरकारलाई साना तथा मझौला उद्योगको ठुलो योगदान हुँदाहुँदै पनि सबैभन्दा पीडित साना तथा मझौला व्यवसायीहरू हुनुपरेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप