छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ३० किलोमिटर टाढा रहेको बाङ्गोलीमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । यो दुर्घटना आइतबार राति भएको हो ।
दुर्घटनामा मृत्यु हुने सबै बच्चाको छठी (बच्चा जन्मिएको छैटौँ दिन मनाइने उत्सव)मा सहभागी भएर फर्किरहेका थिए । ‘खरोराको बाना गाउँमा पारिवारिक समारोहबाट मानिसहरू फर्किरहेका थिए । मृतकहरू सवार गाडी ठुलो ट्रेलरसँग ठोक्कियो । अहिलेसम्म १३ जनाको मृत्यु भएको खबर आएको छ,’जिल्ला कलेक्टर गौरव सिंहले बीबीसीलाई भने ।
यस दुर्घटनामा एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् । घाइते सबैलाई रायपुरको सरकारी अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीका अनुसार रायपुरको विधान सभा प्रहरी चौकी क्षेत्रको चटौड गाउँका करिब ५० जना खरोरा प्रहरी चौकी क्षेत्रको बाना गाउँमा पारिवारिक कार्यक्रममा गएका थिए । राति अबेर फर्कने क्रममा यो दुर्घटना भएको हो । दुर्घटनाका कारण रायपुर–खरौरा सडक लामो समयसम्म बन्द रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण