छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ३० किलोमिटर टाढा रहेको बाङ्गोलीमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । यो दुर्घटना आइतबार राति भएको हो ।
दुर्घटनामा मृत्यु हुने सबै बच्चाको छठी (बच्चा जन्मिएको छैटौँ दिन मनाइने उत्सव)मा सहभागी भएर फर्किरहेका थिए । ‘खरोराको बाना गाउँमा पारिवारिक समारोहबाट मानिसहरू फर्किरहेका थिए । मृतकहरू सवार गाडी ठुलो ट्रेलरसँग ठोक्कियो । अहिलेसम्म १३ जनाको मृत्यु भएको खबर आएको छ,’जिल्ला कलेक्टर गौरव सिंहले बीबीसीलाई भने ।
यस दुर्घटनामा एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् । घाइते सबैलाई रायपुरको सरकारी अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीका अनुसार रायपुरको विधान सभा प्रहरी चौकी क्षेत्रको चटौड गाउँका करिब ५० जना खरोरा प्रहरी चौकी क्षेत्रको बाना गाउँमा पारिवारिक कार्यक्रममा गएका थिए । राति अबेर फर्कने क्रममा यो दुर्घटना भएको हो । दुर्घटनाका कारण रायपुर–खरौरा सडक लामो समयसम्म बन्द रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण