धनगढीमा ब्राउनसुगरसहित एक युवक पक्राउ
सोमबार, १६ माघ २०७९, २१ : २०

कैलाली । धनगढीमा ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बसन्त होटलबाट अछामको साफेबगर नगरपालिका स्थायी घर भई हाल धनगढी ५ हसनपुर बस्ने ३४ वर्षीय मुकेश कुवँरलाइ प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक उपेन्द्र बमको टोलीले कुवँरलाई ९ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।-न्युज कारखाना