लुम्बिनीका ट्रक व्यवसायीले भेटे मुख्यमन्त्री, भारतीय ट्रकको निर्वाध प्रवेशमा रोक लगाउन आग्रह

बुटवल । लुम्बिनीका ट्रक व्यवसायीले प्रदेशका मुख्यमन्त्री लीला गिरीसँग भेटवार्ता गरेका छन् । व्यवसायीहरूले भारतीय ट्रक निर्वाधरुपमा नेपाल प्रवेश गर्दा परेको समस्याबारे जानकारी गराउन मुख्यमन्त्री गिरिसँग भेटवार्ता गरेका हुन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका व्यवसायीहरूसँगको भेटमा मुख्यमन्त्री गिरिले मालवाहक सवारीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन् । यस्तै, व्ययवसायीहरुले मुख्यमन्त्री गिरिलाई मालवाहक सवारी क्षेत्रले भोग्दै आएको समस्याबारे अवगत गराएका थिए ।
व्यवसायीले भारतीय ट्रकको निर्बाध नेपाल प्रवेशमा रोक, ढुवानी रोड परमिट जाँच पास र बिल बुक नवीकरणका लागि वार्षिक एकै पटक गर्नुपर्ने, पटक–पटक गर्नुपर्ने झन्झटिलो प्रणाली अन्त्य गर्नुपर्ने माग मुख्यमन्त्रीसमक्ष राखेका थिए । मुख्यमन्त्री गिरिले मालवाहक ट्रक यातायात सरकारका लागि अपरिहार्य भएकाले व्यवसायी र उपभोक्तामुखी नीति निर्माण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण
-
सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर झण्डै ६ लाख घुससहित नियन्त्रणमा
-
काभ्रेका किसानहरूले कृषिमन्त्रीलाई भने - रासायनिक मल उपलब्ध गराइदिनुस्
-
सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आइपुगे भारतीय वातावरण मन्त्री
-
विद्युत् अवरूद्धपछि अन्धकार काठमाडौँ (तस्बिरहरू)
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य