विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण
काठमाडौँ । पूर्वी तथा मध्य नेपालका क्षेत्रमा विद्युत् प्रसारण अवरुद्धपछि नेपाल विद्युत प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रणाली सञ्चालन विभाग स्यूचाटारको निरीक्षण गरेका छन् । बिहीबार साँझ पटकपटक विद्युत् अवरुद्ध भएपछि निर्देशक शाक्यले निरीक्षण गरेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट विद्युत् आयात गर्ने ढल्केवर–मुजफ्फपुर प्रसारण लाइनमा समस्या आउँदा पूर्वी तथा मध्य क्षेत्रको विद्युत् प्रणाली अवरुद्ध भएको हो ।
विभागका ढल्केबर ग्रिड महाशाखाका प्रमुख बिनोद लोहनीलाई निर्देशन दिँदै निर्देशक शाक्यले समस्या समाधानका लागि अग्रसरता लिएका छन् । प्राविधिक समस्याका विद्युत् अवरुद्ध भएपनि यसलाइ लोडसेडिङसँग जोड्ने कुरा गलत भएको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता भाइराजा शिल्पकारका अनुसार प्रसारण लाइनको भारतपट्टीको क्षेत्रमा समस्या आएर विद्युत् आपूर्ति हुन नकसको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण