शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण

बिहीबार, ०१ जेठ २०८२, २१ : ०९
बिहीबार, ०१ जेठ २०८२

काठमाडौँ ।  पूर्वी तथा मध्य नेपालका क्षेत्रमा विद्युत् प्रसारण अवरुद्धपछि नेपाल विद्युत प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रणाली सञ्चालन विभाग स्यूचाटारको निरीक्षण गरेका छन् । बिहीबार साँझ पटकपटक विद्युत् अवरुद्ध भएपछि निर्देशक शाक्यले निरीक्षण गरेका हुन् । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट विद्युत् आयात गर्ने ढल्केवर–मुजफ्फपुर प्रसारण लाइनमा समस्या आउँदा पूर्वी तथा मध्य क्षेत्रको विद्युत् प्रणाली अवरुद्ध भएको हो । 

विभागका ढल्केबर ग्रिड महाशाखाका प्रमुख बिनोद लोहनीलाई निर्देशन दिँदै निर्देशक शाक्यले  समस्या समाधानका लागि अग्रसरता लिएका छन् । प्राविधिक समस्याका विद्युत् अवरुद्ध भएपनि  यसलाइ लोडसेडिङसँग जोड्ने कुरा गलत भएको प्राधिकरणले जनाएको छ । 

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता भाइराजा शिल्पकारका अनुसार प्रसारण लाइनको भारतपट्टीको क्षेत्रमा समस्या आएर विद्युत् आपूर्ति हुन नकसको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप