सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर झण्डै ६ लाख घुससहित नियन्त्रणमा
सारांश
- ओखलढुङ्गास्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनियर सन्तोष कुमार यादव घुससहित पक्राउ परेका छन्।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाबाट नियन्त्रणमा लियो।
- इन्जिनियर यादवले खोटाङमा निर्माणाधीन सडकको बिल भुक्तानीका लागि घुस मागेका थिए।
- अख्तियारले सेवाग्राहीबाट ५ लाख ७० हजार घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरेको हो।
काठमाडौँ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई झण्डै ६ लाख घुससहित नियन्त्रणमा लिइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार ५ लाख ७० हजार घुससहित भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ बाट यादवलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।
सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट रू ५ लाख ७० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण