कृषि तथा पशुपन्छी बीमामा जोड दिन पौडेलको निर्देशन
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजरमण पौडेलले कृषि तथा पशुपन्छी बीमामा विशेष जोड दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । सोमबार गण्डकी प्रदेश अन्तर्गतको गोरखा जिल्लाको गोरखा नगरपालिकामा बीमा सम्बन्धि अन्तरक्रिया गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले कृषि तथा पशुपन्छी बीमामा विशेष जोड दिन र दाबी भुक्तानीलाई सहजिकरण गर्न निर्देशन दिएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बीमा गरेपछि क्षति भएमा क्षतिपूर्ति पाइने भएकाले सबैले अनिवार्यरुपमा बीमा गर्नुपर्ने बताए । बीमाको महत्वका बारेमा गाउँ गाउँमा जनचेतना फैलाएर बीमा गर्न प्रोत्साहित गर्नुपर्ने आवश्यकता औंल्याउनुदै अध्यक्ष रानामगरले दाबी भुक्तानीलाई समेत सहज र सरल बनाउनुपर्ने बताएका छन् ।
सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले बीमा गरेपछि क्षति भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति पाइने भएकाले घर, कृषिबाली, जडिबूटी, पशुपन्छी र व्यवसायको बीमा गर्न समेत गर्न सम्पूर्णमा आग्रह गरे । बीमालाई अनिवार्य गर्न तथा बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरु संचालन गर्नका लागि स्थानीय सरकारसँग बीमा कम्पनीहरुले साझेदारीका साथ अगाडि बढ्नुपर्ने आवश्यकता समेत औंल्याए ।
कार्यक्रममा सहभागीहरुले बीमा सम्बन्धी जानकारीको अभावका कारण स्रोत भएर पनि बीमा नगरेको, पशुबीमाको दाबी भुक्तानी पाउन झण्झट व्यहोर्नु परेको, समान बीमालेखको बीमाशुल्कमा एकरुपता नभएको, बीमा दाबी भुक्तानी नपाएको भनेर नगरपालिकामा गुनासाहरु आउने गरेको लगायतका धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण