पर्खाल भत्काएर फरार भएका ६ जनामध्ये २ अभियुक्त पक्राउ
मङ्गलबार, १७ माघ २०७९, २१ : २८

जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्षको पर्खाल भत्काएर फरार ६ अभियुक्तमध्ये २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले हातहतियार तथा खरखजाना मुद्दाका फरार अभियुक्त मिथिला नगरपालिका ६ का रोशन महतो र सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दाका अभियुक्त क्षिरेश्वरनाथ नगरपालिका २ का अमित मण्डललाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार