बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुख्यमन्त्री कार्कीले बालुवाटार पुगेर भेटे प्रधानमन्त्रीलाई

बुधबार, १८ माघ २०७९, ०९ : ५१
बुधबार, १८ माघ २०७९

काठमाडाैँ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । बालुवाटारमा भएको भेटमा प्रदेश सरकारको काम कारबाही र सरकार विस्तारबारे छलफल भएको छ । 

नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता कार्की यही पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । कार्कीलाई गठबन्धनमा आबद्ध ४ दलका ६० जना  प्रदेशसभा सदस्यले समर्थन गरेका थिए ।

एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले कार्कीलाई समर्थन गरेका छन् ।  सरकार विस्तार र न्यूनतम साझा कार्यक्रममा सहमति जुट्न नसकेपछि मुख्यमन्त्रीले केन्द्रका नेतासँग सहयोग मागिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप