मुख्यमन्त्री कार्कीले बालुवाटार पुगेर भेटे प्रधानमन्त्रीलाई
बुधबार, १८ माघ २०७९, ०९ : ५१
काठमाडाैँ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । बालुवाटारमा भएको भेटमा प्रदेश सरकारको काम कारबाही र सरकार विस्तारबारे छलफल भएको छ ।
नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता कार्की यही पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । कार्कीलाई गठबन्धनमा आबद्ध ४ दलका ६० जना प्रदेशसभा सदस्यले समर्थन गरेका थिए ।
एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले कार्कीलाई समर्थन गरेका छन् । सरकार विस्तार र न्यूनतम साझा कार्यक्रममा सहमति जुट्न नसकेपछि मुख्यमन्त्रीले केन्द्रका नेतासँग सहयोग मागिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण