शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनुषामा प्रहरी हिरासतबाट भागेका थप १ जना पक्राउ

बुधबार, १८ माघ २०७९, १३ : ००
बुधबार, १८ माघ २०७९

धनुषा । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये थप १ जना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह रहेका छन् । अहिलेसम्म पर्खाल फोडेर भागेका सिंहसहित ३ जना पक्राउ परेका छन् । यसअघि क्षीरेशवरनाथ नगरपालिका–२ का  २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका– ६ का रोशनकुमार महतो पक्राउ परेका थिए । 

अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदीपलाई मङ्गलबार राति पक्राउ गरिएको प्रहरीको भनाई छ । यसअघि अमितलाई मङ्गलबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो ।

आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छजना फरार भएका थिए । बाँकी तीन जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास जारी बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप