शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मनपरेकी केटीले साथी मात्रै ठानेपछि मुद्दा हाले

बिहीबार, १९ माघ २०७९, १५ : २१
बिहीबार, १९ माघ २०७९

सिंगापुका एक व्यक्तिले आफूलाई मनपरेकी केटीले साथी मात्रै ठानेको थाहा पाएपछि मुद्दा दर्ता गरेका छन् ।

मिस्टर कसिघान र टानको सन् २०१६ मा पहिलो पटक भेटे भएको थियो । उनीहरू बीचको फाटो सन् २०२० मा आयो । यसको कारण के थियो भने उनीहरुले आफ्नो सम्बन्धलाई एकदमै फरक ढङ्गले हेरेका रहेछन् भन्ने थाहा भयो । टानले मिस्टर कसिघानलाई साथीको रूपमा मात्रै हेर्थिन् । तर कसिघानले भने आफ्ना नजिकका साथीहरूलाई आफू टानको ‘साथीभन्दा पनि माथि’ हुन चाहेको बताएका थिए । साथीहरूले पनि उनीहरूलाई जिस्काउन सुरु गरिसकेको अवस्थामा टानले उनीहरूलाई सीमामा रहन सिक्न र आफूहरूको कुरामा बढी चासो नदिन भनेकी थिइन् । प्रत्युत्तरमा कसिघानले उनलाई पत्र लेखेर ‘भावनात्मक आघात’ र सम्भावित मानहानिका लागि मुद्दा हाल्ने धम्की दिए ।

आफूलाई कानुनी कारवाहीको धम्की दिने कुनै पनि व्यक्तिसँग जोसुकैले पनि कुराकानी गर्न बन्द गर्छ तर टानले भने उनको धम्कीले र यस्तो व्यवहारले आफूलाई निकै आघात पुर्‍याएको भनेर जानकारी दिइन् । तर कसिघानले आफ्नो व्यवहार सच्याउनुको साटो धम्कीलाई दोब्बर पारे साथै दुई वटा विकल्प पनि राखे । कसिघानका अनुसार कि त उनले चाहेको जस्तो सम्बन्धलाई बलियो बनाउनु पर्नेछ कि त निजी तथा व्यावसायिक जीवनमा अपूरणीय क्षतिको लागि तयार हुनुपर्नेछ ।

दुई पक्षको वार्ताको बीचमा कसिघानका सल्लाहकारले हस्तक्षेप गर्दै टानलाई आफ्नो क्लाइन्टको थेरापी सेसनमा संलग्न रहन आग्रह गरे । टानले स्वीकार गरिन्  । काउन्सिलिङले कसिघानलाई उनीसँग रोमान्टिक सम्बन्ध नराख्ने निर्णयमा पुग्न मद्दत गर्ला भन्ने सोचेर उनी सहमत भएकी थिइन् । तर त्यसो हुन सकेन...

त्यसको साढे एक वर्ष पछि टानले अब कसिघानसँगै थेरापीमा नजाने निर्णय गरिन् । किनभने उनलाई यसले काम गर्छ जस्तो लागेन । ती व्यक्तिले टानलाई मेसेज र फोनमा बारम्बार दुर्व्यवहार गरे, धम्की दिए । उनी विरुद्ध ह्यारेसमेन्ट प्रोसिडिङमा जानुबाहेक उनीसँग कुनै विकल्प रहेन । सन् २०२२ को मे महिनाको मध्यतिर उनले ती व्यक्तिसँगको सबै सञ्चार बन्द गरिन् किनभने सँगै धेरै समय बिताउनुपर्‍यो भन्ने उनको बारम्बारको मागबाट उनी वाक्क भइसकेकी थिइन् ।

गत वर्ष जुलाई सातमा कसिघानले उच्च अदालतमा आफ्नो प्रेम बारे जानकारी दिँदै उनको बेवास्ता र केही टिप्पणीले आफूलाई मानसिक आघात पुगेको भन्दै यसका लागि पुनर्स्थापना केन्द्र जानु परेको र थेरापीसमेत गर्नुपरेको बताए । यसै कारण आफूले कमाउन पनि नसकेको र बिजनेसमा घाटासमेत भएको बताए ।

त्यसको एक महिनापछि कसिघानले आफ्नो सम्बन्ध सुधार गर्ने सम्झौताको उल्लङ्घन भएको आरोप लगाउँदै मजिस्ट्रेट अदालतमा टानविरुद्ध मुद्दा दर्ता गरे । तर सिंगापुरका एक न्यायाधिशले अदालतको प्रक्रियाको दुरुपयोग भएको तर्क गर्दै यसलाई अघि बढ्न दिएनन् । यद्यपि, उच्च अदालतको मुद्दा, जसमा कसिघानले २.३ मिलियन डलरको क्षतिपूर्ति माग गरेका छन्, को पूर्व सुनुवाइको मिति फेब्रुअरी ९ मा तोकिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप