भ्यालेन्सियामाथि रियलको सहज जित

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २–० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन मार्को एसेन्सियो र भिनिसियस जुनियरले एक एक गोल गरे । रियलले पहिलो हाफको इन्जुरी समयमा नै अग्रता बनाउने मौका पाएको थियो । तर, रुडिगरले गरेको गोललाई भीएआरले मान्यता दिएन ।
पहिलो हाफको इन्जुरी समयमा रियलका रुडिगरले गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई मान्यता दिएन । पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा गोल गर्न सफल भयो । खेलको ५२ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई अग्रता दिलाए ।
खेलको ५४ औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जित पक्का गरे । भ्यालेन्सिया खेलको ७२ औं मिनेटमा १० खेलाडीमा समेटियो । गाब्रिअल पाउलिस्टाले रातो कार्ड पाएर मैदान बाहिरिय ।
जितसँगै रियलले रियलले १९ खेलमा ४५ अंक जोडेको छ । शीर्ष स्थानको बार्सिलोनाको ५० अंक छ । पराजित भ्यालेन्सिया २० अंक जोडेर १४ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० महिनामा सरकारको पुँजीगत खर्च ३४ प्रतिशत, ६५ प्रतिशत राजश्व संकलन
-
सम्बन्धहरू फूलजस्तै हुन्छन् !
-
करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
-
रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै
-
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घट्यो
-
प्रतिस्पर्धात्मक खेलमा सान होजेसँग बराबरीमा रोकियो मेस्सी आबद्ध इन्टर मियामी