संवैधानिक नियुक्ति विवाद : आज बार पूर्वअध्यक्ष घिमिरे र खड्कासहितले बहस गर्ने
सारांश
- सर्वोच्च अदालतमा संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सुनुवाइ भइरहेको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तको तर्फबाट कानुन व्यवसायीले बहस गर्दैछन्।
- तत्कालीन ओली सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरी ५२ जनालाई नियुक्त गरेको थियो।
- रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि विपक्षी बनाइएको छ र जवाफी बहस हुनेछ।
काठमाडौँ । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा एघारौँ दिनको सुनुवाइ हुँदै छ । मंगलबार लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको तर्फबाट कानुन व्यवसायीहरू वरिष्ठ अधिवक्ता दिनमणि पोखरेल, ललित बस्नेत र मेघनाथ पोखरेललगायतले बहस गरेपछि रिट हेर्दाहेर्दैमा राखिएको थियो ।
अर्को पेसी बिहीबारका लागि तोकिएकोमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र आयुक्त जयबहादुर चन्दको तर्फबाट कानुन व्यवसायीले बहस गर्दै छन् ।
आज अख्तियारका तर्फबाट बार पूर्वअध्यक्ष प्रेमबहादुर खड्का र निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरेले बहस गर्नेछन् । पछिल्ला सुनुवाइमा रिटमाथि संवैधानिक निकायका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका छन् ।
रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रत्यर्थी बनाइएकोमा उनको तर्फबाट बहस भएपछि रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु हुनेछ ।
तत्कालीन ओली नेतृत्वको सरकारले २०७७ पुस र २०७८ असारमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरी ५२ जनालाई संवैधानिक निकायमा नियुक्त गरेको थियो ।
उक्त नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालसहित १५ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि गत माघदेखि पुन: नियमित सुनुवाइ सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री श्रेष्ठ र प्रचण्डबिच भेटवार्ता
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण