शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रतिस्पर्धात्मक खेलमा सान होजेसँग बराबरीमा रोकियो मेस्सी आबद्ध इन्टर मियामी

बिहीबार, ०१ जेठ २०८२, १० : ३१
बिहीबार, ०१ जेठ २०८२

समाचार सारांश

  • लियोनल मेस्सीको इन्टर मियामी सान होजेसँग ३-३ गोलको बराबरीमा रोकियो।
  • खेलको पहिलो हाफमा ५ गोल र दोस्रो हाफमा १ गोल भयो।
  • इन्टर मियामीका लागि तादेओ एलेन्डले २ गोल गरे।
  • इन्टर मियामी १२ खेलमा २२ अंकसहित तालिकाको आठौं स्थानमा छ।

काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी आबद्ध अमेरिकी क्लब इन्टर मियामी मेजर लिग सकर (एमएलएस) को आफ्नो पछिल्लो खेलमा बराबरीमा रोकिएको छ । इन्टर मियामीलाई बिहीबार विहान सम्पन्न खेलमा सान होजेले आफ्नो घरेलु मैदानमा ३–३ गोलको बराबरीमा रोकेको हो । 

पाँच गोल खेलको पहिलो हाफमा र एक गोल दोस्रो हाफमा भएको थियो । खेल सुरु भएको पहिलो मिनेटमै भ्रमणकारी टोली इन्टर मियामीले अग्रता लिएको थियो । इन्टर मियामीका म्याक्सिमिलियानो फाल्कोनले पहिलो गोल गरेका थिए ।  तर, इन्टर मियामीको त्यो अग्रता लामो समय टिक्न सकेन ।

खेल सुरु भएको तेस्रो मिनेटमै क्रिस्टियन एरान्गोले घरेलु टोलीका लागि जवाफी गोल गरेका थिए । निर्धारित समयको ३७ औँ मिनेटमा सान होजेका लागि ब्यू लेरोक्सले दोस्रो गोल थपेका थिए । प्रतिस्पर्धात्मक खेलको ४४ औँ मिनेटमा तादेओ एलेन्डले इन्टर मियामीका लागि दोस्रो गोल गरे ।

पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा सान होजेका लागि ईयान हार्केसले तेस्रो गोल गरे । निर्धारित समयको ५२औँ मिनेटमा इन्टर मियामीका लागि तादेओले नै तेस्रो गोल गरेका थिए । त्यसपछि भने दुबै टोलीबाट थप गोल हुन सकेन ।

१२ खेल खेलेको इन्टर मियामी २२ अंकसहित तालिकाको आठौँ स्थानमा आसिन छ । १३ खेल खेलेको सान होजे भने १७ अंकसहित तालिकाको १६ औँ  स्थानमा उक्लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप