प्रतिस्पर्धात्मक खेलमा सान होजेसँग बराबरीमा रोकियो मेस्सी आबद्ध इन्टर मियामी
सारांश
- लियोनल मेस्सीको इन्टर मियामी सान होजेसँग ३-३ गोलको बराबरीमा रोकियो।
- खेलको पहिलो हाफमा ५ गोल र दोस्रो हाफमा १ गोल भयो।
- इन्टर मियामीका लागि तादेओ एलेन्डले २ गोल गरे।
- इन्टर मियामी १२ खेलमा २२ अंकसहित तालिकाको आठौं स्थानमा छ।
काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी आबद्ध अमेरिकी क्लब इन्टर मियामी मेजर लिग सकर (एमएलएस) को आफ्नो पछिल्लो खेलमा बराबरीमा रोकिएको छ । इन्टर मियामीलाई बिहीबार विहान सम्पन्न खेलमा सान होजेले आफ्नो घरेलु मैदानमा ३–३ गोलको बराबरीमा रोकेको हो ।
पाँच गोल खेलको पहिलो हाफमा र एक गोल दोस्रो हाफमा भएको थियो । खेल सुरु भएको पहिलो मिनेटमै भ्रमणकारी टोली इन्टर मियामीले अग्रता लिएको थियो । इन्टर मियामीका म्याक्सिमिलियानो फाल्कोनले पहिलो गोल गरेका थिए । तर, इन्टर मियामीको त्यो अग्रता लामो समय टिक्न सकेन ।
खेल सुरु भएको तेस्रो मिनेटमै क्रिस्टियन एरान्गोले घरेलु टोलीका लागि जवाफी गोल गरेका थिए । निर्धारित समयको ३७ औँ मिनेटमा सान होजेका लागि ब्यू लेरोक्सले दोस्रो गोल थपेका थिए । प्रतिस्पर्धात्मक खेलको ४४ औँ मिनेटमा तादेओ एलेन्डले इन्टर मियामीका लागि दोस्रो गोल गरे ।
पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा सान होजेका लागि ईयान हार्केसले तेस्रो गोल गरे । निर्धारित समयको ५२औँ मिनेटमा इन्टर मियामीका लागि तादेओले नै तेस्रो गोल गरेका थिए । त्यसपछि भने दुबै टोलीबाट थप गोल हुन सकेन ।
१२ खेल खेलेको इन्टर मियामी २२ अंकसहित तालिकाको आठौँ स्थानमा आसिन छ । १३ खेल खेलेको सान होजे भने १७ अंकसहित तालिकाको १६ औँ स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण