१६ वर्षीया किशोरीलाई भारतमा बेचेको आरोपमा ६ जना पक्राउ
शुक्रबार, २० माघ २०७९, १४ : ४०
काठमाडौँ । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मंसिर १७ मा मामाघरबाट हराएकी ती किशोरीलाई माघ १७ मा भारतको नयाँ दिल्लीबाट उद्दार गरिएको मानव बेचविखन ब्यूरोका एसपी दानबहादुर मल्लले बताए । प्रहरीले माघ १९ मा ती किशोरीलाई एयर इन्डियाको उठान नम्बर एआई– २१३ मार्फत काठमाडौं ल्याएको थियो । सुनौली हुँदै गाडीमा राखेर नयाँदिल्ली र पहाडगञ्जमा लगेर आरोपीहरुले किशोरीलाई बन्धक बनाएको आरोप छ ।
तान्त्रिक बाबाको माग अनुसार ५ फिट ४ इन्च अग्ली र रजस्वला नभएकी किशोरीलाई आरोपीहरुले भारत लगेको अनुसन्धानबाट थाहा भएको छ । ‘तान्त्रिक बाबा खुसी भएमा अथाह पैसा आउने कुरा बालिकालाई भनेको थाहा भएको छ’ एसपी मल्ल भन्छन्– ‘किशोरीलाई भारतका विभिन्न तान्त्रिक बाबा समक्ष लगेको देखिन्छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण