रन फर ओबेसिटी म्याराथन फागुन २० गते
शुक्रबार, २० माघ २०७९, १६ : १९

काठमाडौं । एनआरएस स्पोर्ट्स फाउण्डेशनले फागुन २० गते शनिवार रन फर ओबेसिटी म्याराथन गर्ने भएको छ ।
संस्थाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । म्याराथन ५ किलोमिटरको हुनेछ ।
म्याराथनमा सहभागी हुनका लागि खल्ती एपबाट २ सय रुपैयाँ भुक्तानी गरी दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ । भुक्तानी गरेसँगै टिसर्ट सहितका सामग्रीहरु प्रदान गर्ने पनि आयोजकले जनाएको छ ।
म्याराथन वसन्तपुरबाट सुरु भई रत्नपार्क, नागपोखरी, दरबारमार्ग, न्युरोड हुँदै वसन्तपुरमै गएर टुंगिने छ । आयोजकले म्याराथनमा १ हजार जना सहभागी गराउने लक्ष्य लिएको छ ।
म्याराथन बिहान ६ः३० बजे सुरु भई साढे ७ बजे समापन हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केटाहरूसँग कुरा गर्न नपाएको झोकमा बाआमाको हत्या
-
बैंकर्सको चेतावनी : ‘बैंकमाथि चौतर्फी आक्रमण भए विदेशी लगानी रोकिन सक्छ’
-
कोरोना अपडेट : थप ४२ जनामा सङ्क्रमण
-
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
-
एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र
-
आईपीएल प्रिभ्यु : गुजरात भर्सेस चेन्नई, पुनरागमन गर्ने धोनीको आशा