यी सात मानिसले खानै हुन्न उखुको जुस
सारांश
- उखुको जुस गर्मीमा लोकप्रिय पेय हो, तर केही अवस्थामा हानिकारक हुन सक्छ।
- मधुमेह, मोटोपन, कम रक्तचाप, मिर्गौला रोग, पेटको समस्या, गर्भावस्था र कलेजो रोग भएका व्यक्तिहरूले उखुको रस पिउनु हुँदैन।
- उखुको रसमा चिनीको मात्रा धेरै हुने भएकाले रगतमा चिनीको मात्रा बढ्न सक्छ।
- कुनै पनि स्वास्थ्य समस्या भएका व्यक्तिहरूले उखुको रस पिउनुअघि डाक्टरको सल्लाह लिनुपर्छ।
काठमाडौँ । गर्मीमा धेरैले रुचाउने पेय पदार्थ हो उखुको जुस । स्फूर्त रहन मानिसहरू चिसो पारेर उखुको रस पिउँछन् । यसले ताजगी, ऊर्जाको साथै हाइड्रेशन त दिन्छ नै यो स्वास्थ्यको लागि पनि धेरै लाभदायक मानिन्छ ।
तर केही मानिसहरूको लागि यो जुस हानिकारक पनि हुन सक्छ । के तपाईँलाई यो कुरा थाहा छ ? तपाई पनि तल दिइएको ७ थरीको सूचिमा पर्नु हुन्छ भने तपाईँले उखुको रस नपिएकै राम्रो ।
मधुमेहका बिरामी
उखुको रसमा प्राकृतिक चिनीको मात्रा धेरै हुन्छ, जसले रगतमा चिनीको मात्रा द्रुत गतिमा बढाउन सक्छ । मधुमेहका बिरामीहरूले यसलाई सीमित मात्रामा सेवन गर्नुपर्छ वा पूर्ण रूपमा बन्द गर्नुपर्छ ।
मोटोपनबाट पीडित व्यक्ति
उखुको रसमा क्यालोरी र चिनी प्रशस्त मात्रामा हुन्छ, जसले तौल बढाउन सक्छ । यदि तपाईँ तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ भने यसको खपत कम गर्नुस् ।
कम रक्तचाप भएका मानिस
उखुको रसले रक्तचाप घटाउन मद्दत गर्छ । तर, तपाईंको रक्तचाप पहिलेदेखि नै कम छ भने, यसको सेवनले चक्कर लाग्ने र कमजोरी हुने जस्ता समस्या देखिन सक्छ ।
मिर्गौलाका रोगी
उखुको रसमा पोटासियमको मात्रा धेरै हुन्छ, जुन लामो समयदेखि मिर्गाैलासम्बन्धी रोगबाट पीडित व्यक्तिहरूको लागि हानिकारक हुन सक्छ । यसले इलेक्ट्रोलाइट असन्तुलन निम्त्याउन सक्छ ।
पेटको समस्याबाट पीडित व्यक्ति
तपाईँलाई एसिडिटी, ग्यास, अपच वा पखाला आदिको समस्या छ भने उखुको रस पिउनै हुन्न । यसले पाचन प्रणालीलाई असर गर्न सक्छ र पेट खराब हुन सक्छ ।
गर्भवती महिला
गर्भावस्थाको समयमा केहीलाई यस्तै बेलामा मात्रै हुने मधुमेह पनि हुन सक्छ । उखुको रसले रगतमा चिनीको मात्रा बढाउन सक्छ, जसले गर्भवती महिलाहरूलाई हानि पुर्याउन सक्छ ।
कलेजो रोग भएका मानिस
तपाईँलाई हेपाटाइटिस वा फ्याटी लिभरको समस्या छ भने उखुको रस पिउँदै नपिउनुस् । यसले कलेजोमा अतिरिक्त दबाब दिन सक्छ र समस्यालाई बढाउन सक्छ ।
उखुको जुस स्वास्थ्यको लागि फाइदाजनक छ । तर केही मानिसहरूका लागि यो हानिकारक साबित हुन सक्छ । यदि तपाईँ मधुमेह, कम रक्तचाप, मिर्गौला रोग, पेटको समस्या, गर्भावस्था वा कलेजो रोगबाट पीडित हुनुहुन्छ भने यो पिउनु अघि डाक्टरसँग परामर्श गर्नुहोस् ।
अस्वीकरण: यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण