मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

साताको सेयर बजार : ८९ अंकले नेप्से घट्दा १२ अर्ब ८१ करोडको कारोबार

शनिबार, २१ माघ २०७९, २१ : २७
शनिबार, २१ माघ २०७९

काठमाडौँ । सेयर बजारका लागि यो साता खासै राम्रो भएन । बढ्दो बैंकको ब्याजदर, चालु पुँजीकर्तासँगै यता लगानीकर्ताहरुले मार्जिन लेन्डिङको १२ करोडको सीमा खारेजीको माग गर्दैगर्दा यता नेप्सेले ८९ अंक माथिको गिरावट बेहोरेको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार यससाता नेप्से सूचक ८९.०८ अंकले घट्दै २०९४.५४ अंकको विन्दुमा झरेको छ । अघिल्लो साताको अन्तिम कारोबार बिहीबार ०.४१ अंकले घट्दै २१८३.२१ विन्दुमा अडिएको नेप्से सूचक यो साताको सुरुवाती दिनमै १४.६८ अंकले घट्दै २१६८.५४ अंकमा झरेको थियो । 

यस्तै, दोस्रो दिन माघ १६ गते ४१.१६ अंकले घट्दै २१२७.३८ अंकमा ओर्लिएको नेप्से सूचक तेस्रो दिन १५.७० अंकले घटेर चौथो दिन (माघ १८ गते) ४.९७ अंकले बढेको थियो । यस साताको अन्तिम कारोबार दिन बिहीबार पुनः २२.१२ अंकले घट्दै नेप्से सूचक २०९४.५४ अंकमा झर्न पुगेको छ । 

कारोबार
साताभरमा ८९ अंक माथिले नेप्से सूचक घट्दा यता कारोबार रकम समेत घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल १२ अर्ब ८१ करोड २४ लाख ७ हजार ३४९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।  आइतबार १४ अंकले नेप्से घट्दा २ अर्ब ९३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो भने दोस्रो दिन ४१ अंकले घट्दा ३ अर्ब २६ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

यस्तै, तेस्रो दिन १५ अंकले घट्दा २ अर्ब ७९ करोड ८३ लाख रुपैयाँको कारोबार हुँदा चौथो दिन ४ अंकले नेप्से बढ्दा १ अर्ब ७५ करोड २१ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो । यो साताको अन्तिम कारोबार दिन बिहीबार २२ अंकले नेप्से घट्दा २ अर्ब ६ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएर बजार बन्द भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप