गृहबाहेकको मन्त्रालय लिन रास्वपालाई प्रस्ताव, निर्णय लिन बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृहबाहेकको अरु कुनै मन्त्रालय लिन सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गरेका छन् । यस्तै रवि लामिछानेको विषयमा प्रश्न कायमै रहेकाले वैकल्पिक मन्त्रालयमा अन्य नेतालाई पठाउन पनि प्रस्ताव गरिएको स्रोतले बतायो ।
पछिल्लो समय सभापति लामिछानेले शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र शनिबार प्रचण्डसँग छलफल गरेका थिए । छलफलमा दुबै नेताले रविलाई आफै सरकारमा नजान प्रस्ताव गरेको र गृह बाहेकको मन्त्रालय लिन पनि भनिएको बताइएको छ । यसमा रविले पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ फर्काएको बताइएको छ ।
तत्काल सरकारबाट बाहिरिनु भन्दा सरकारमै रहनु पार्टीका लागि पनि हितकर हुने आवाज पार्टीका बहुमत सदस्यको रहेकाले रविले सुरुमा आफू निकटकासँग आन्तरिक छलफल गरेका छन् ।
आन्तरिक छलफललगत्तै पार्टीको बैठकबाट यसबारे औपचारिक निर्णय गर्ने रास्वपाको तयारी छ । रास्वपाले शनिबार राति साढे ८ बजेपछि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
रास्वपाले यसअघि गृह मन्त्रालयनै चाहिने भन्दै त्यसका लागि दुई दिनको अल्टिमेटम दिएको थियो । जुन समय आजै सकिँदैछ । रास्वपाले आजको बैठकबाट गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको संगठन निर्माण अभियानको समय थप
-
चर्चित उपन्यासकार रुश्दीमाथि सांघातिक हमला गर्नेलाई २५ वर्षको जेल सजाय
-
क्लबमा आक्रमणको आरोप, गायक क्रिस ब्राउन हिरासतमा
-
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री
-
गाजामा इजरायली आक्रमणमा मर्नेको संख्या २५० नाघ्यो
-
प्ले–अफ चरणमा पुग्न आतुर बेंगलुरु र ‘गर या मर’ को स्थितिमा रहेको कोलकाताको भिडन्त