के छैन नेपालमा !
के छैन नेपालमा !
सर्वोच्च शिखर सगरमाथा
महाभारत र चुरे पहाड
जहाँबाट हत्केलाले घाम छेकेर हेरे
देखिन्छ
कामको खोजीमा
खाडीको तातो घाममा खलखल
पसिना चुहाइरहेका नेपालीहरू
अमेरिकाको ग्यास स्टेसनमा
लुटेराको तातो गोलीले मरेका
नेपालीहरूको सम्झना
के छैन नेपालमा!
वीर शमशेरले बनाएको वीर अस्पताल
च्याउ उम्रे जस्ता
निजी अस्पताल र मेडिकल कलेजहरू
समाचारमा सुनिन्छ
उपचारको खोजीमा
भारत, सिंगापुर र अमेरिका
प्रधानमन्त्री र अध्यक्षज्यू लगायत
साधारण सर्वसाधारण जनता
धाइ नै रहेका छन्
रोग बिसेक हुने विश्वासमा
के छैन नेपालमा!
चन्द्र शमशेरले बनाएको त्रि-चन्द्र कलेज
त्रिभुवनको नाममा त्रिभुवन विश्वविद्यालय
महँगा महँगा अनेकौँ
निजी कलेज र विश्वविद्यालयहरू
त्यै पनि विद्यार्थीहरू
भिसाको लाइनमा छन्
विदेशकै शिक्षा राम्रो मानेर
या विदेशकै सुविधा राम्रो ठानेर
के छैन नेपालमा!
तर पनि किन नेपाली
विदेशै तिर जान खोज्छन्
हिमालको हिउँ जस्तै
बग्दै बग्दै समुन्द्रतिर
विकसित ठाउँको खोजीमा
काम पाउन
उपचार गर्न
पढिलेखी भविष्य उज्ज्वल पार्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण