काइलीको एक ट्वीटले स्नापच्याटलाई १.३ अर्ब अमेरीकी डलर घाटा
काठमाडौँ । रियालीटी टिभी स्टार काइली जेनरले स्नापच्याटको स्टक मार्केट मुल्य १.३ अर्ब अमेरीकी डलर घटाइदिएकी छिन् । उनले एक ट्वीट गर्दै आगामी दिनमा स्नापच्याट म्यासेजिङ्ग एप प्रयोग नगर्ने बताएकी थिइन ।
सेलेब्रिटी किम कार्दासियनकी सौतेनी बहिनीले आफ्नो ट्वीटमा लेखेकी थिइन् ः “के थप मान्छेहरुले स्नापच्याट खोल्न छाडेका हुन् ? कि के यसो गर्ने म मात्र हुं... उफ कस्तो दुःख लाग्दो ।”
जेनरको ट्वीट स्नापच्याटको डिजाइनमा गरिएको परिवर्तन तर्फ लक्षित थियो । जेनरको ट्वीटपछि स्न्यापच्याटको शेयरमा भारी गिरावट आएको थियो । उनलाई ट्वीटरमा २ करोड ४५ लाख प्रयोगकर्ताहरुले पछ्याउँछन् ।
स्न्यापच्याटले गरेको परिवर्तन उल्टाएर पहिलेकै अवस्थामा ल्याउन केही अघि दश लाख मानिसहरुले एक निवेदनपत्रमा हस्ताक्षर गरेका थिए ।
वालस्ट्रीटमा रहेको स्न्यापच्याटको शेयरमा ८% सम्म गिरावट आइसकेपछि ६% मा यो बन्द भएको थियो । अहिले स्न्यापच्याटको शेयर मुल्य १७ अमेरीकी डलरको नजिक पुगेको छ । यो भनेको स्टक मार्केटमा सुचिकृत हुनेबेला यसको जारी भएको मुल्य हो ।
स्न्यापच्याटले फेसबुकको इन्स्टाग्रामबाट उग्रप्रतिस्पर्धा सामना गरिरहेको छ, विशेष सेलिब्रिटी प्रयोगकर्ताहरुको प्रयोगमा ।
जेनरको सो भनाई त्यो समय आएको हो जब लगानीकर्ताहरुमाझ कम्पनीलाई लिएर चिन्ता बढ्न थालेको छ ।
sooo does anyone else not open Snapchat anymore? Or is it just me... ugh this is so sad.
— Kylie Jenner (@KylieJenner) February 21, 2018
जेनरले पछि अर्को ट्विट गर्दै लेखिन ः“तिमीलाई अझै मन पराउछु स्न्याप...मेरो पहिलो प्रेम।”
स्न्यापच्याटले नोभेम्बरमा गरेको पुनः डिजाइनपछि भएको गुनासोहरु बेवास्ता गरेको छ । यसका प्रमुख इभान स्पिगेलले यो महिना प्रयोगकर्तालाई केही समयमा परिवर्तनको बानी लाग्ने बताएको छ ।
स्पिगेललाई शेयरको गिरावटले दिएको झट्का कम गर्ने खबर पनि छ । उनले अघिल्लो वर्षको कमाई ६३ करोड ७८ लाख अमेरीकी डलर रहेको खबर आएको छ ।
यो कुनै कम्पनीको प्रमुख कार्यकारीले प्राप्त गरेको तेस्रो सबैभन्दा ठूलो वार्षिक कमाइ मानिएको छ । उनी हेड्ज फण्ड ओक–जीफ पुँजी व्यवस्थापनका प्रमुख ड्यानियल ओकले सन् २००७ र २००८ ले प्राप्त गरेको पारिश्रमिक पछ्याइरहेका छन् । ओकले सन् २००७ मा ९१ करोड ८९ लाख अमेरीकी डलर र सन् २००८ मा १ अर्ब १९ करोड अमेरीकी डलर बार्षिक कमाई गरेका थिए ।
उनको यो कमाईमा कम्पनी स्टक मार्केटमा सूचिकृत भएपछि प्राप्त गरेको शेयरको उलेख्निय हिस्सा रहेको छ । अन्यथा स्पिगेलको मुख्य तलब भने ९८,०७८ अमेरीकी डलर मात्र हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता
-
‘सूचनामा नाकाबन्दी लगाउने काम लोकतान्त्रिक सरकारलाई सुहाउँदैन’
-
प्रधानाध्यापक र वडा अध्यक्षबिचको द्वन्द्वले विद्यार्थीको दिवा खाजा बन्द
-
चोटसँग सङ्घर्ष गर्दै गरेका नेयमारले गुमाउने भए विश्वकपको अर्को खेल
-
सरकारले संस्थागत स्थायित्व र संवैधानिक मर्यादामाथि प्रहार गर्यो : खुस्बु ओली
-
अख्तियारले आरजुलाई दिएको समय सकियो, अब कसरी अघि बढ्छ अनुसन्धान ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण